Loading... आजः सोमवार, असार ४, २०८१
Trending

जनप्रतिनिधि , कर्मचारीको सम्बन्ध पानी र माछा जस्तो हुनुपर्छ : प्रमुख शाही

दैलेख  :  जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध पानी र माछा जस्तो हुनु पर्ने बताएका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै शाहीले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो नभएको खण्डमा जनताले समेत राम्रो सेवा नपाउने बताए ।

उनले जनता बाट निर्वाचित जनप्रतिनिधिले एक गर्ने र कर्मचारीले एक गरेको खण्डमा हामीले दिने सेवा प्रभावकारी हुँदैन त्यसैले कर्मचारी र जनप्रतिनिधि मिलेर अगाडी बढ्नु पर्छ । पछिल्लो समय करार कर्मचारी हटाउने प्रति लक्षित गर्दै उनले भने कर्मचारीलाई राजनैतिक पूर्वाग्रही आधारमा कर्मचारी हटाउने कार्य राम्रो भएन ।

उनले जिल्लाका ११ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले प्रस्तुत गरेको वार्षिक प्रगति समीक्षा हेर्दा केही पालिकाले राम्रो काम गरे पनि अझै सुधार गर्नु पर्ने बताए । उनले भने हामीले गरेका कामले जनतामा कुनै परिवर्तन भएन त्यसैले संविधानले दिएको अधिकारलाई पूर्ण पालना गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्न उनले आग्रह समेत गरेका छन् ।

समीक्षा गोष्ठीमा भैरवी गाउँपालिकाका अध्यक्ष रिता शाहीले स्थानीय तहमा आउने सीमित बजेटका कारण स्वास्थ्यका क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताइन । उनले भनिन हामी सँग भएको स्रोत साधन परिचालन गरी जनतालाई सेवा दिइरहेको छौ अझै प्रभावकारी बनाउँछौ ।

समीक्षा गोष्ठीमा बोल्दै स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थीर प्रसाद रेग्मीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सबै जिम्मेवार निकाय लाग्नु पर्ने बताए । उनले सबैको सहयोगमा जिल्ला अस्पताल कर्णाली प्रदेशमै पहिलो भएको बताउँदै आगामी दिनमा समेत स्वास्थ्यकर्मी,जनप्रतिनिधि,पत्रकार सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए । समीक्षा गोष्ठीमा ११ स्थानीय तह, स्वास्थ्य शाखा,र स्वास्थ्यकर्मीलाई समेत सम्मान गरिएको थियो ।