सल्यानमा सर्पको टोकाइबाट बालिकाको मृत्यु
सल्यान : सल्यानमा विषालु सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३ खेतगारा औलबेशी निवासी कन्जरा बिककी ४ वर्षीया छोरी शृष्टी बिकको मृत्यु भएको हो।
आफ्नै घरनजिकै आँगनमा आमासँगै हिँडिरहेको अवस्थामा बालिकालाई मंगलबार साँझ करिब ६ बजे सर्पले टोकेको थियो। सामान्य घरेलु उपचारकै क्रममा मृत्यु भएको उनको आमाले जानकारी दिइन्। चालू आवमा मात्र सल्यानमा सर्पको टोकाईबाट २ जनाको मृत्यु भइसकेको छ। सर्पदंशको उपचारनजिकै नहुँदा अकालमै सर्पको टोकाइबाट ज्यान गुमाउनु परिरहेको छ।