Loading... आजः सोमवार, बैशाख १५, २०८२
Trending

सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी


सुर्खेत  :   कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ। वीरेन्द्रनगरमा बुधबारबाट सुरु भएको प्रदर्शनीको प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरे। बिहीबारसम्म सञ्चालन हुने प्रदर्शनीमा भ्रष्टाचार, अनियमितता र बेतिथिविरुद्धका कार्टुनहरु राखिएका छन्।

‘भ्रष्टाचारविरुद्ध निसाना’ नाम दिइएको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन राखिएका छन्। कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा भएको प्रदर्शनीको उद्घाटन गर्दै कर्णालीका प्रदेश प्रमुख तिलक परियारले भ्रष्टाचारविरुद्ध सामूहिक अभियान आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो समाज भ्रष्टाचारले जेलिएको छ, भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुको भूमिका कमजोर भयो। नियमनकारी निकायहरु गम्भीर नहुने हो भने, देश नै आर्थिक संकटमा फस्न सक्छ।’