Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

एक साता देखी मध्य पहाडी राजमार्ग अवरुद्ध


दैलेख :  अविरल वर्षाका कारण पहिरो जाँदा मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । मध्य पहाडी राजमार्गको दैलेख लोहोरे सडक खण्डको सिमाडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडकमा ठुलो पहिरो खसेका कारण एक साता देखी जिल्लाको भगवतिमाई गाउँपालिका र नारायण नगरपालिकाका –११ म जाने यातायात ठप्प भएका छन् । पहिलो चरणमा गएको पहिरो नारायण नगरपालिकाले डोजर लिएर पन्छाए पनि पुन ठुलो पहिरो गएपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

नारायण नगरपालिका –८ का श्याम बहादुर रावलले पहिरो कारण भगवतिमाई गाउँपालिकामा आउने गाडी समेत लोहोरेमै रोकिएको बताए । उनले भगवतिमाईको बेस्तडा,नारायणको विन्ध्यवासिनी र बडा भैरव बाट आउने गाडी लोहोरे सम्म आउने र त्यहाँ बाट गाडी सिफ्ट गरेर नागरिकहरू सदरमुकाम पुग्ने गरेको बताए ।
मध्य पहाडी राजमार्ग योजना कार्यालयका नायव सुब्बा तीर्थ जिसीले वर्षा लगातार भइरहेको र पहिलो हटाउँदा झन् ठुलो समस्या हुने भएका कारण पहिरो नपन्छाइएको बताए । उनले पहिरो पन्छाउने हो भने त्यहाँ नजिकैको बस्ती झन् जोखिममा पर्ने बताए । उनले भने बर्षात कम हुन बित्तिकै पहिरो हटाउन सम्बन्धी ठेकेदारलाई भनेका छौ ।

भगवतिमाई गाउँपालिका –३ का बखत शाहीले पहिरो पन्छाउन सम्बन्धित निकायले ध्यान नदिदा यात्रुहरुले समस्या भोगेको बताए । उनले नागरिकहरू बिरामी हुँदा समेत छिटै अस्पताल पु¥याउन समस्या भएको बताए । उनले भने अर्को लोहोरे चुप्रा हुँदै दैलेख सदरमुकाम जाने सडक भए पनि लामो दुरी भएका कारण लोहोरे बाट अर्को गाडी रिजव गर्नु पर्ने समस्या भएको छ ।