Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

पाँचदिने भ्रमणमा नेपाल आइपुगे भारतीय सेना प्रमुख

फोटो साभार देशसंञ्चार

काठमाडौँ  :   भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे पाँच दिने भ्रमणका लागि नेपाल आइपुगेका छन । उनी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमणका लागि विशेष विमान मार्फत अपराहन्न काठमाडौँ आइपुगेका हुन् । पाण्डेले सोमबारदेखि औपचारिक भेटघाट तथा कार्यक्रम सुरु गर्ने छन् ।

नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने चलन रहेको छ । त्यसकै लागि पाण्डे नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई सोमबार अपराहन्न शीतल निवासमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने छिन् ।
भारतीय सञ्चारमाध्यमहरुले पनि यो भ्रमणको क्रममा अग्निपथ योजना अन्तर्गत गोर्खा भर्तीमा देखिएको अन्यौल हटाउने बारे छलफल हुन सक्ने उल्लेख गरेका छन् ।