Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार छनौट गर्दै दलहरु


दैलेख  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा रहेको राजनैतिक दलहरू उम्मेदवार छनौटमा व्यस्त भएका छन् । पार्टी केन्द्रको निर्देशन अनुसार जिल्लामा रहेको प्रमुख पार्टी,नेकपा एमाले,नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दलहरू उम्मेदवार छनोट र सिफारिस गर्न व्यस्त भएका हुन ।शनिवार सम्म नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले दुई वटा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार टुगो लगाएका छन् ।

नेपाली काँग्रेसले दैलेख निर्वाचन क्षेत्र नः १को प्रतिनिधि सदस्यका लागि चार जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसले दिएको जानकारी अनुसार पार्टी सभापति मणिराम रेग्मी,रबन्द्रि श्रेष्ठ,मिना कुमारी थापा,गणेश उपाध्याय,खगेन्द्र सुनारको नाम सिफारिस गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नः १ को प्रदेश सभा(क)मा पूर्ण बहादुर खत्री,नरसिंह मल्ल,कृष्ण कुमार बिसी,डा खगेन्द्र शाही र बम बहादुर बिसी प्रदेश (ख)मा भूपेन्द्र शाही, भदेबुढामगर,टेक बहादुर कटुवाल,झलक भण्डारी,प्रकाश पौड्याल,देवेन्द्र थापा, वासना थापा,मनोज थापा र खेमराज केसीको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा समानुपातिक सदस्यमा पूर्व राज्यमन्त्री भइसकेका गणेश बहादुर खड्का,कुल बहादुर विकको नाम सिफारिस गरिएको छ ।

काँग्रेसले दैलेख निर्वाचन क्षेत्र न ः २ बाट प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ ऐकेन्द्र बहादुर पन्त, दिक्पाल कुमार शाही, मधुविक्रम खनाल, रङ्गबहादुर शाही र शिवराज जोशी गरी पाँच जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी सीताकुमारी राना सिफारिस भएकी छिन । उनी महिला जनजातितर्फ सिफारिस भएकी हुन । । यस्तै प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ नै नरबहादुर खड्का पनि सिफारिस भएका छन ।
दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट प्रत्यक्षतर्फ घनश्याम भण्डारी, झक्क विष्ट, धिरेन्द्रप्रसाद सापकोटा, प्रकाशमान भण्डारी, मातृकाप्रसाद रिजाल सिफारिस गरिएको छ । समानुपातिक तर्फ कृष्णाकुमारी शाही (महिला), खड्के नेपाली (दलित), प्रेमबहादुर विष्ट (खसआर्य), बसन्ताकुमारी कार्की (महिला), लोगराज पुरी (खस आर्य), मिठु थापा (कार्की) (महिला÷अपाङ्ग), शारदा कार्की (महिला), सुमित्रा शाह (महिला खसआर्य), सूर्यबहादुर विक (दलित) र हेमलाल जैसी (खस आर्य) तर्फ सिफारिस भएको बताइएको छ ।

दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ बाट प्रत्यक्षतर्फ ईश्वर बहादुर विष्ट, कृष्णप्रसाद जैसी, गणेशबहादुर शाही, पृथ्वीबहादुर शाही, नारायणप्रसाद रेग्मी, वासुदेव शर्मा, भूपेन्द्रबहादुर शाही, लिला राम उपाध्याय, शेरबहादुर शाही र सर्पराज शाही सिफारिस भएका छन् । समानुपातिक तर्फ इन्द्रकुमारी शाही (महिला), खड्गबहादुर शाही (खसआर्य), चन्द्रबहादुर शाही (खस आर्य), चक्रबहादुर शाही (अपाङ्ग), दिपा बोहरा (महिला खसआर्य), भगवतीप्रसाद रेग्मी (खसआर्य), प्रेमप्रकाश शाही (खस आर्य) र निशा थापा (महिला खस आर्य) तर्फ सिफारिस भएको नेपाली काँग्रेसले जनाएको छ ।

एकिृकत समाजवादीले निर्वाचन क्षेत्र नः १ को प्रतिनिधि सभा सदस्यका लागि अम्मर बहादुर थापा,टेक बहादुर खाँण,पार्वती विशुन्केको नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्र १ को (क) प्रदेशमा बाट मायाराम अधिकारी प्रत्यक्ष र समानुपातिकमा राम सरा रेग्मी,भवानी प्रसाद ज्ञवाली निर्वाचन क्षेत्र १ को (ख) प्रदेशमा जङ्ग बहादुर शाहीलाई प्रत्यक्ष र समानुपातिकमा सावित्री मल्ल,मन कुमारी नेपाली,प्रेम कुमारी बुढाको नाम सिफारिस गरेको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नः २ को प्रतिनिधि सभा सदस्यमा केशरसिंह माझिलाई सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नः २ को प्रदेश सभा (क)मा बरुनाथ योगी र (ख)मा गोकर्ण माझी,निरक बहादुर शाही,प्रेमा थापाको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष बरुनाथ योगीले जिल्ला कमिटीले सिफारिस गरेका नामहरू प्रदेश कमिटीमा पठाइएको जानकारी दिए ।
अघिल्लो प्रतिनिधि सभामा दुई वटै प्रतिनिधि सभा र तीन वटा प्रदेश निर्वाचन क्षेत्र जितेको नेकपा एमालेले भने उम्मेदवार अझै टुङ्गो लगाउन सकेको छैन । पार्टी केन्द्रको निर्देशन अनुसार २२ गते सम्म उम्मेदवार छनोट गरी पठाउने तयारी गरेको नेकपा एमालेले दैलेखले जानकारी दिएको छ । नेकपा एमाले दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार छनौट सर्वसम्मत रूपमा गर्ने तयारी गरिएको बताए ।
उनले दैलेख निर्वाचन क्षेत्र नः १ को प्रतिनिधि सभा सदस्यमा रबन्द्रिराज शर्मा, धर्मराज रेग्मी र रेखा थापाकोको नाम सिफारिस गरिएको बताए । उनले दैलेख निर्वाचन क्षेत्र नः १ का प्रदेश सभा (क)मा दान बहादुर थापा,नन्द किशोर बस्नेत,हिमालयजंग शाह लगायतका नामहरु आएको बताए । उनले सिफारिस हुन बाँकी रहेको जानकारी दिए ।
त्यस्तै दैलेख निर्वाचन क्षेत्र नः १ को (ख) प्रदेश समा सदस्यका लागी रत्न बहादुर खड्का,प्रेम बहादुर थापा, तेज बहादुर चन्द लगायतको नाम आएको बताए । त्यसको पनि टुगो लाग्न नसकेको बताए ।
उनका अनुसार नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नः २ मा भने सर्बसम्म उम्मेदवार चयन गर्ने प्रयास भइरहेको बताए ।