Loading... आजः बुधबार, जेष्ठ २, २०८१
Trending

एमालेले ग¥यो शर्मा, रेग्मी र थापालाई सिफारिस

दैलेख :  आसन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दैलेखको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचन लड्न नेकपा एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ । शनिबार बसेको एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट दैलेख–१ बाट चुनाव लड्न रविन्द्रराज शर्मा, धर्मराज रेग्मी र रेखा थापाको नाम सिफारिस गरेको हो ।

शर्मा एमाले दैलेखका अध्यक्ष तथा प्रतिनीधि सभा सदस्य हुन् । शर्मा यसअघि २०७४ मा भएको निर्वाचनमा पनि सोही क्षेत्रमा प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएका थिए । रेग्मी एमाले केन्द्रीय सदस्य हुन् । उनि २०७४ को निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । थापा स्ववियु सभापति र एमाले दैलेख जिल्ला कमिटि सदस्य हुन् ।