पहिरोको जोखिममा खाँडा गाउँ
दैलेख : लगातारको वार्षातका कारण नौमुले गाउँपालिका –८ चौराठा खाँडा गाउँ पहिरोको जोखिममा परेको छ । खाँडा गाउँको फेद भागमा पहिरो जाँदा खाँडा बस्तीका १० घर पहिरोको जोखिम परेका हुन । नौमुले गाउँपालिका –८ का वडाध्यक्ष दीपक हमालले पहिरो गएको खाँडा गाउँका अधिकांश घर पहिरोको जोखिममा रहेको जानकारी दिए ।
उनले पहिरो जाँदा त्यहाँको ५० रोपनीमा लगाएको मकै बाली समेत नष्ट भएको बताए । उनले वडा कार्यालय बाट पहिरोको अवलोकन गरी आवश्यक सहयोगका लागि विभिन्न निकाय सँग समन्वय गरिरहेको बताए । उनले भने पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित रूपमा बस्न आग्रह गर्दै बस्तीको सुरक्षाका लागी तटबन्धन र राहतको लागि पालिकालाई खवर गरिएका छौ ।
नौमुले गाउँपालिका –८ का भवानी अधिकारीले पहिरो जाँदा आफूहरू राम्रो सँग सुत्न समेत नपाएको बताए । उनले पहिरोले लगाएको मकै बाली समेत नष्ट भएपछि आफूहरू समस्यामा परेको बताए । उनले भने मकै भाँच्ने बेला भएको थियो पाक्न लागेको बाली समेत पहिराले बगाएको पछि आफूहरू चिन्तित भएको बताए ।
नौमुले –८ कै दिलीप विकले पहिराले गर्दा मकै बाली नष्ट भएको र आफूहरूलाई खाद्यान्न सङ्कट पर्ने बताए । उनले भने लगाएको बालीले ६ महिना खान पुग्ने थियो त्यही पनि नहुने भयो ।
नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुबेदीले स्थानीयले पहिरो गएको खबर गर्न साथ वडा कार्यालय बाट जनप्रतिनिधिको टोली त्यहाँ पुगेको र वास्तविक रिर्पोट आएपछि पालिका बाट गर्न सकिने काम गर्ने बताए । उनले लगातार पानी परेको खण्डमा बस्तीनै बग्ने खतरा रहेको आफुलाई जानकारी दिएको बताए ।