Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

ऐन जारीको माग गर्दै कर्मचारी आन्दोलनमा

 

दैलेख  :  निजामती सेवा ऐन जारी हुनुपर्ने माग राख्दै दैलेखमा पनि कर्मचारी आन्दोलित भएका छन् । सोमबार निजामती कर्मचारीहरुले दैलेखको नारायण नगरपालिका, र जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

नेपाल निजामती सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै गरिएको देशव्यापी विरोध कार्यक्रमअन्तर्गत भर्दौं १७ गतेसम्म विभिन्न मागसहितको कालो व्यानर कार्यालयमा राख्नेदेखि हातमा कालोपट्टी बाँधेर पहिलो चरण शान्तिपूर्ण आन्दोलन गरिएको  नेपाल निजामती कर्मचारी संगठन दैलेखका अध्यक्ष महेन्द्र न्यौपानेले बताए ।

उनले आन्दोलनमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी कर्मचारी मञ्च लगायतका ५ वटा संगठन आन्दोलित बनेको बताए ।

निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राखेर विगतदेखि नै कर्मचारीहरुले विरोध गरिरहेका छन् । १७ गतेसम्म पनि माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरी चरणवद्धरुपमा आन्दोलनमा होमिने कर्मचारी संगठनका नेताहरुले बताएका छन ।