Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

अवरुद्ध सडक एक महिना पछि संचालन


दैलेख  :  लगातारको वर्षापछि भासिएर अवरुद्ध भएको सडक एक महिना पछि सञ्चालनमा आएको छ । जिल्लाको नारायण नगरपालिका –६ काडाचौर र बिजौरा हुँदै नारायण नगरपालिका –११ विन्द्याबासीनी र नौमुले गाउँपालिकाका –८ चौराठा जाने अवरुद्ध सडक एक महिना पछि सञ्चालनमा ल्याइएको हो । गत असार ७ गत लगातारको वर्षातको कारण सडक भासिदा आवतजावतमा समस्या भएको थियो । पहिरो गएर सडक भासिँदा यातायात मात्र नभएर पैदल यात्रा यात्रुलाई आवतजावतमा समस्या भएको थियो ।

नारायण नगरपालिका –६ बिजौराका दिपक खड्काले सडक भासिदा सवारी साधन मात्र नभएर पैदल यात्रीलाई हिँड्न समस्या भएको एक महिना पुग्नै लाग्दा बल्ल सडकको निकास निकालिएको बताए । उनले नौमुले गाउँपालिका,नारायणको ६,७, ११ मा जाने एक मात्र सडक भएका कारण पनि नागरिकले धेरै सास्ती खेप्नु परेको बताए । उनले पहिरो गएपछि त्यहाँका किसानले समेत आफूले उत्पादन हुने तरकारी ,दुघ समेत बिक्री वितरण गर्न समस्या भएको बताए ।
पहिराले पुरै सडक भासिएपछि नारायण नगरपालिकाकी उपप्रमुख तप्ता कुमारी थापा डोजर लिएर गए पनि तत्काल बाट सञ्चालन गर्न नसक्ने भएपछि त्यसै फर्केकी थ्इिन । शुक्रवार प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्मा, नगर प्रमुख लोमन शर्मा,नारायण नगरपालिकाका निवर्तमान नगर प्रमुख रत्न बहादुर खड्का,नारायण नगरपालिका ६ का वडाध्यक्ष जनक न्यौपानेको टोलीलेले अनुगमन गरे लगत्तै सडक भत्किएकै ठाउँ बाट नयाँ ट्र्याक खोलिएको छ । वडा नः ५ का वडाध्यक्ष जनक न्यौपानेले अन्य स्थान बाट सडकको विकल्प खोजे पनि तत्काल कुनै स्थान बाट सडक जोड्न नसकिएपछि अन्तिममा त्यही बाट सडक खनिएको बताए ।
नारायण नगरपालिका –६ का दशरथ रानाले भने पुन पानी पर्ने बित्तिकै बनाएको सडक भासिने र जनताले पुन सास्ती खेप्नु पर्ने अवस्थाको दीर्घकालीन समाधान हुनु पर्ने बताए । उनले भने अहिले केही समयको लागि सडक सञ्चालनमा आएको छ तर यो दीर्घकालीन समाधान होइन त्यस तर्फ नगर सरकार जिम्मेवार बन्नु पर्ने हुन्छ ।