Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

थप २९९ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९२ पुगेको छ।

शनिबार ५७७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार ६२५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर १ हजार ६७० पीसीआर तथा २ हजार ६६७ एन्टिजेन परीक्षण भएको छ।