Loading... आजः सोमवार, बैशाख १७, २०८१
Trending

आफ्नो गाउँ आफै बनाउँ श्रमअभियान

दैलेख  :  आफ्नो गाउँ आफै बनाउन भन्ने श्रम अभियान सञ्चालन गरिएको छ । जिल्लाको नौमुले गाउँपालिकाले आफ्नो दोस्रो गाउँ सभाको दशौँ अधिवेशन बाट नीति तथा कार्यक्रम ल्याएर श्रम अभियान सुरु गरेको हो । नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुबेदीले सुशासन र पारदर्शिता सुखी नौमुले बासी हाम्रो प्रतिबद्धता भन्ने मुलनाराका साग आफ्नो नीति तथा कार्यक्रम ल्याएर आफ्नो गाउँ आफै बनाऊँ भन्ने अभियान सञ्चालन गरिएको बताए । उनले गाउँपालिकाको विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन जनताको श्रम सेवा बिना सम्भव नभएका कारण गाउँपालिकालाई समृद्ध बनाउन श्रम अभियान सञ्चालन गर्ने बताए ।
उनले भने आफ्नो गाउँ,आफ्नो विद्यालय,सडक,आफै बनाउने र त्यसको प्रयोग आफैले गर्ने नीति अनुसार विभिन्न कायहरु भइरहेको छन जनतालाई करकापमा भन्दा पनि स्वतःस्फूर्त रूपमा श्रम अभियानमा जोड्ने अभियान हो यो अभियानले छिटै गाउँपालिकामा समृद्ध हुनमा सहयोग पुग्छ ।

नौमुले गाउँपालिका –५ का वडाध्यक्ष कृष्ण बहादुर सलामीले श्रम अभियान प्रत्येक वडा बाट सुरु भएको बताए । उनले प्रत्येक वडामा श्रम अभियानको कार्यदल निर्माण गरेर कामहरू भइरहेको बताए । उनले जनताले मात्र जनश्रम अभियानमा जोडिने होइन जनप्रतिनिधिले पनि जनश्रम गर्ने हाम्रो नीति हो त्यही अनुसार काममा जनप्रतिनिधि समेत जाने गरेका छौ ।

जनश्रम अभियान मार्फत नौमुले गाउँपालिका–५ मा रहेको फूलबारी आधारभूत विद्यालय नौला थरमा निर्माण गरिएको छ । नौमुले गाप–५ कै वडा सदस्य मन बहादुर विकले आफू जनप्रतिनिधि भए पनि दक्षमिस्त्रीभएको र विद्यालय निर्माण गरिरहेको बताए । उनले जनताको काम परे जनताको काम गर्छौ ,जनश्रम अभियानमा काम पनि गरेकै छौ र त्यो मात्र नभएर दैनिक ज्यालादारीका कामहरू समेत आफूहरूले गर्ने गरेको बताए । जनश्रम अभियान अन्तर्गत बर्षातको कारण भत्केका खानेपानीको मुहान मर्मत,विद्यालय,सडक लगायतका कामहरू गरिरहेको बताएका छन् ।

नौमुले गाउँपालिका–६ का किशोर सुबेदीले भने श्रम अभियान मार्फत गाउँमा विभिन्न योजनाहरुको कामहरु गरिरहेको बताए । उनले जनताहरु स्वस्फुर्त रुपमा अभियानमा जोडिएको भन्दै युवाहरुलाई समेत श्रमअभियानमा जोड्न सकेमा पालिका विकासको यात्रामा बघि बढ्ने बताए ।