Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

प्रयोगात्मक शिक्षामा जोड दिन सरोकारवालको सुझाव

दैलेख  :  प्रयोगात्मक शिक्षामा जोड दिन सरोकारवाला निकायले जोड दिएका छन । शिक्षा क्षेत्रको बृहत्तर विकास र बिस्तार चामुण्डाबिन्द्रासैनी नगरबासीको समृद्धिको आधार नारासहित शुक्रवार बाट संचालन भएको कार्याशाला गोष्ठिमा सहभागी बिज्ञ तथा सरोकारवाला निकायले प्रयोगात्मक शिक्षामा जोडदिनु पर्ने बताएका हुन ।

कार्यशाला गोठिमा जनज्योति माध्यामिक विद्यालय सुर्खेतका प्रधानाध्यापक नारायण सिक्देलले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि कसैले पनि बाहना बनाउनु नपर्ने बताए । उनले शिक्षक,अभिभावक,बालबालिका,जनप्रतिनिधीले गुणस्तर सुधारका लागि बाहना भन्दा पनि चाहाना हुनुपर्ने बताए । उनले भने १८ वर्ष माथीका बालबालिकाले बुवाआमाको कमाई खाने नभई आफै कमाएर खाने खालको शिक्षा दिनु पर्ने हुन्छ ।

मध्यपश्चि विश्वविद्यालयका पुर्ब रजिष्टार महेन्द्रकुमार मल्लले शिक्षा क्षेत्रमा देखिएका समस्या समधानका लागि नितिगत समस्या रहेको बताए । उनले देशमा अहिले पनि शिक्षालाई सार्वजनिकरण गर्न नसकिएको बताए । उनले भने हामीले निति निर्माण गरेपनि कार्यान्वयन कुरामा चुकेका कारण शिक्षाको गुणस्तर सुधार हुन सकेन ।

 

चामुण्डाबिन्दासैनी नगरपालिका शिक्षा शाखामा कार्यरत तेज बहादुर शाहीले दुई दिने कार्यशाला गोष्ठिले शिक्षाको सुधारका लागि चामुण्डा बिन्द्रासैनी नगरपालिकाको विद्यालय शिक्षा संचालन ब्यबस्थापन तथा नियमन कार्यविधि २०७९ जारी गरेको बताए । उनले १६ परिच्छेद र सात अनुसुचिको कार्यविधि निर्माण गरिएको बताए । उनले कार्यविधिमा विद्यालय संचालन र व्यवस्थापन आचारसहिता,विद्यालय पोशाक,समयको परिपालना,शिक्षण सिकाई सहजीकरण,राष्ट्रिय पाठ्यक्रम २०७६ अनुसार कार्ययोजना निर्माण र कार्यान्वयन,बिद्यायल समायोजन लगायतका विषयमा कार्यशाला व्यापक बिर्मश गरेको बताए ।

 

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले शिक्षाको गुणस्तर सुधार गर्नका लागि कार्यशाला गोष्ठि गरिएको बताए । उनले प्रत्येक वर्ष नगरपालिकाको शिक्षा खस्कदै गएपछि बृहत्तर खालको शिक्षा निति निर्माण गरी कार्यान्वयन गर्ने र शिक्षाको गुणस्तर सुधार गर्न उद्देश्यले उक्त कार्यक्रम गरेको बताए । उनले शिक्षा क्षेत्र सुधार गर्ने विद्यालय शिक्षक अभिभावकको प्रमुख जिम्मेवारी हो उहाँहरुले राम्रो गरेको खण्डमा नगरपालिकाले पुरस्कृत गर्ने र गल तगर्ने शिक्षकलाई कार्वाही गर्ने गरिन्छ ।