Loading... आजः मङ्लबार, मंसिर १८, २०८१
Trending

दैलेखमा तीन मतदान स्थल थप्न माग

दैलेख  :   जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले तीन वटा मतदान स्थल थप गर्न माग गरेको छ । मतदातालाई मतदान गर्न धेरै हिड्न पर्ने भएपछि प्रमुख जिल्ला हरि प्याकुरेलको संयोजकत्वमा बसेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले तीन वटा मतदानस्थलका लागि निर्वाचन आयोग समक्ष माग गरेको हो ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आठबिस नगरपालिकामा –३ ,नारायण नगरपालिका –८ र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एक एक मतदानस्थल थप गर्न आयोग समक्ष माग गरिएको बताए । उनले आठबिस नगरपालिका–३ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कुमालखाडा जाक्सी,नारायण नगरपालिका–८ को दिपशिशु आधारभुत विद्यालय सिमाडा र चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ को पञ्चकोशि आधारभुत विद्यालय पाल्तमा मतदानस्थल माग गरिएको बताए ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी प्रमुख मनमाया काउचाले समितिले तीन वटा मतदान स्थलको केन्द्र समेत परिर्वतन गर्ने निर्णय गरेको बताइन ।उनले नारायण नगरपालिका–९ को देउतीस्थान साडुमतदास्थललाई वडाकार्यलय भवन, गुराँस गाउँपालिका–१ मा रहेको महिला सामुदायिक भवनमा रहेको मदतानस्थललाई वडाकार्यालय भवन र दुल्लु नगरपालिका–४ को वडाकार्यलयमा रहेको मतदानस्थललाई गौरी माध्यामिक विद्यालय बालेकाँडामा सारिएको बताइन । समितिले ५८ वटा मतदान स्थलको सामान्य त्रुटि सच्याइएको समेत जानकारी बताइएको छ ।