Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

एक महिने बर्षे मेला सुरु

दैलेख : सामाजिक सद्भाव कायम गर्दै दैलेख सदरमुकाम लगायत जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिने एक महिने वर्षे मेला सुरु भएको हो । सयौँ वर्ष पुरानो मानिएको बर्षेमेला आज (मङ्गलवार बाट सुरु भएको हो । गाँठेमंगलको सुरुवात सँगै दैलेखकै प्रख्यात मानिएको एक महिना लामो वर्षे मेला सुरु हुने प्रचलन रहँदै आएको छ । पातीको ठुलो पुत्ला सँगै एउटा लामो रसिमा सिस्नो बाँधेर बाटो छेकी आवात जावत गर्नेहरूलाई रोकेर वर्षे मेलाको सुरुको दिन दक्षिणा माग्ने चलन रहेको छ ।

‘गाँठे मङ्गले दान दिनुहोस, घैटे सर्प पैसा दिनुहोस’ भन्दै बाटो बाटोमा गाँठे मङ्गलेको तस्बिर बनाएर दक्षिणा माग्ने चलन रहेको छ । पर्वको दिन बाटोमा आवत जावत गर्ने सँग गाँठे मङ्गलेको रक्षाको लागि भन्दै पैसा लिने चलन रही आएको छ । साउन महिनाको घटस्थापनाका दिन देखी सुरु हुने बर्षे मेला अन्तरगत मुख्य रूपमा लाखे जात्रा, टाकटुके जात्रा, रोपाई जात्रा, बाघ जात्रा, जोगी जात्रा हुँदै अन्तिम दिन अर्थात् कृष्णा अष्टमीको राती कृष्णको जन्म गराई भोलिपल्ट कृष्ण र कंसको रूपमा लाखेलाई बजार परिक्रमा गर्ने गरिन्छ । कृष्ण लीला अनुसार कंसको रूपमा लाखेको स्थापना गरिन्छ । एक महिना अर्थात् कृष्णाष्टमी पर्वको मेला कृष्णको जन्म गराई लाखेको बध गरेपश्चात् मेला समाप्त हुने गर्दछ । गाँठे मङ्गल देखि सुरु हुने वर्षे मेला कृष्ण जन्माष्टमीको भोलि पल्ट लाखे काटे सँगै समापन हुने गर्दछ ।

नेवार समुदायले परापुर्व काल देखि मनाउँदै आएको भए पनि अहिले यो जिल्ला सबै जातजातिका लागि साझा पर्वको रूपमा विकसित भएको छ । सुरुमा राक्षस र देवताको लडाई भयो । भगवान् सँग रिस मानेर राक्षस भागेर गयो । त्यस पछि त्यसले दुईकानमा घण्ट झुडाएर भगवानको नाम नसुनियोस् भनेर हिँड्यो तर पछि राम भगवानले दर्शन दियो । त्यस पछि मात्र यसलाई लोकले मान्यता दिएको नेपाली समाजमा मान्यता छ ।

त्यति मात्र नभएर यसले चाड पर्व भित्रिएको समेत सङ्केत गर्ने गरेको पाइन्छ । दैलेख सदरमुकाममा एभरेस्ट, सुनगाभा, ज्वाला र भगवती युवा क्लबहरूले यस जात्रालाई विगत लामो समयदेखि सञ्चालन गर्दै आई रहेका छन् । मल्लकालका राजा प्रताप मल्लको पालादेखि काठमाडौँका नेवार समुदायले मात्रै मनाउने गरेको लाखे जात्रालाई अहिले दैलेखमा सबै समुदायका मानिसहरूले विशेष चाडको रूपमा मनाउन थालेका छन् । दैलेखमा विगत दुई सय वर्ष पुरानो परम्परा बोकेको बर्षेमेला हेर्न जिल्लाभरका हजारौँ मानिसहरूको भीड लाग्ने गर्दछ । आपसी मेलमिलाप, भेटघाट र स्थानीय उत्पादनहरूलाई समेत सदरमुकाम ल्याई बिक्री वितरण गर्ने प्रचलन अहिले पनि कायमै रहेको छ ।

दैलेखमा एक महिने लामो बर्षेमेला सञ्चालन भएपछि जिल्ला प्रहरी कार्यालय कार्यालय दैलेख सुरक्षालाई मजबुत बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । मेलाको अवधि भर युवाहरू मदिरा सेवन गरी झैझगडा गर्ने विगतको प्रचलनलाई पूर्ण रूपमा निषेध गर्नका लागि बिशेष सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वर प्रसाद साहले पुन कोरोनाको जोखिम भएको भन्दै बर्षे मेलालाई भव्य रूपमा सञ्चालन गर्नका लागि जिल्लामा बर्षेमुला सञ्चालन गर्ने क्लबहरू सँग बसेर आवश्यक मापदण्ड बनाउने बताए ।

वर्षे मेलाका जानकारका अनुसार असार महिनाको काम सकिएपछि वर्षभरि भूतप्रेत बाट जोगिन खेत वाली लागि सुभ नहुने जस्ता धार्मिक मान्यताका कारण साउन महिनाको घटस्थापनाका दिन देखी सुरु हुने बर्षेमेलामा मुख्य रूपमा लाखे जात्रा,टाकटुके,रोपाई जात्रा जोगी जात्रा हुँदै अन्तिम दिन कृष्ण जन्माष्टमीको राती कृष्णको जन्म गराई त्यसको भोलि पल्ट कृष्ण र कंसका रूपमा लाखेलाई परिक्रमा गराएर साझ कृष्णले लाखे मारेपछि एक महिने सकिन्छ ।