Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं  :  प्रहरी प्रधान कार्यालय, नक्सालले नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा देवेन्द्रबहादुर पाल छन् । सीताराम रिजाल, भिमकिरण बोगटी, सुमरकिरण तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री पनि बढुवा सिफारिसमा परेका छन् ।

त्यस्तै, हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामकुमार केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, सञ्जयबहादुर राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द इवा लिम्बु, कोमल शाह, नरेश राज सुवेदी, भरत बहादुर विक, सुधिर राज शाही, बिपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्रकुमार खड्का, काजीकुमार आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मीलगायत पनि बढुवाका लागि सिफारिस भएका छन् ।