Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

करार कर्मचारीको करार सम्झौता नवीकरण नहुने


दैलेख :  स्थानीय सरकारले आवश्यकता भन्दा आफ्ना निकटलाई जागिर खुवाउन मात्र करार कर्मचारी नियुक्त गरिएको भन्दै जिल्लाको ठाटिकाँध गाउँपालिकाले करारमा नियुक्त गरिएका कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने भएको छ । गाउँपालिकाको मङ्गलवार बसेको बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद उपाध्याय द्वारा जारी गरिएको सूचना अनुसार प्राविधिक शाखाका शव इन्जिनियर र जिविसबाट हाजिर हुन आएका प्राविधिक कर्मचारी बाहेकका सबै कर्मचारी, पोषण शाखाका कर्मचारी, उद्यम विकास शाखा प्रमुख बाहेक सबै कर्मचारी, हलुका सवारी चालकका एम्बुलेन्स चालक बाहेक सबै , ईलेक्ट्रिसियन कर्मचारी, सामुदायिक स्वास्थ्य एकाई प्याडुली इन्चार्ज र ज्यालादारीमा कार्यरत सबै कर्मचारीको करार सम्झौता नगर्ने उल्लेख गरिएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत अधिकास वडामा विजयी हुँदा करारमा राखेका कर्मचारी नेपाली काँग्रेस बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका रक्ष बहादुर शाहीले हटाउनका लागि करार सम्झौता नवीकरण नगर्ने भएका हुन ।
गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहीले गाउँपालिकालेको आर्थिक ब्यहभार,कर्मचारीको काम प्रतिको लगाव हेरेर केही करार कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने र केहीको तीन महिना मात्र करार सम्झौता गर्ने बताए । उनले स्थानीय तहको निर्वाचनमा पार्टीको झन्डा बोक्नेलाई गाउँपालिकाले राख्न नसक्ने बताए । उनले भने जनताको सेवकको रूपमा आफू आएको र जनतालाई कसरी आय आर्जनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले काम गरिरहेको बताउँदै उनले गलत काम गर्ने जुनसुकै पार्टीका भए पनि गाउँपालिकाले करार सम्झौता नवीकरण नगर्ने बताए । दैलेखका ११ स्थानीय तह मध्ये करारमा नियुक्त गरेको कर्मचारीको म्याद थप नगर्ने ठाटिकाँध गाउँपालिका पहिलो भएको छ ।