Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

ग्रिन रिकभरी परियोजनाको वडा स्तरीय समन्वय बैठक  

दैलेख :   जिल्लाको डुगेश्वर गाउँपालिकामा  सञ्चालन भएको ग्रिन रिकभरी कार्यक्रमको वडा स्तरीय समन्वय बैठक गरिएको छ ।  संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, डुगेश्वर गाउँपालिकाको संयुक्त साझेदारीमा महिला सशक्तीकरण मञ्च नेपालको सहजीकरणमा सञ्चालन भएको परियोजनाको परियोजना कार्यक्षेत्रका वडापालिका संग समन्वय बैठक गरिएको महिला सशक्तीकरण मञ्च नेपालले जानकारी दिएको छ ।

महिला सशत्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले परियोजना सञ्चालन भएका डुगेश्वर गाउँपालिका–२,३ वडापालिका सँग समन्वय बैठक गरिएको जानकारी दिइन । उनले  उनले परियोजना अवधि भर गरिने वैदेशिक रोजगारी गुमाएको,एकल महिला,घरेलुहिसा पीडित,कोभिड प्रभावित र विपन्नलाई सहयोग पुग्ने कार्यक्रम भएको बताउँदै कार्यक्रम सफल तुल्याउन वडाका जनप्रतिनिधिलाई आग्रह गरिन । उनले भनिन् यो कार्यक्रम गाउँपालिकाको समेत लगानीमा सञ्चालन भएको हुँदा परियोजनालाई सफल तुल्याउन वडाका सबै जनप्रतिनिधि र कर्मचारी लाग्नु पर्ने हुन्छ ।

वडा स्तरीय समन्वय बैठकमा बोल्दै डुगेश्वर गाउँपालिका–२ र ३ का वडा अध्यक्षले कार्यत्रलमलाई सफल पारी जनताको जीवनस्तर परिवर्तन गर्न आफूहरू लागि पर्ने बताएका छन् । उनीहरूले परियोजनाको अवधिभर वडामा गरिने क्रियाकलापको नियमित अनुगमन त्यसको प्रभावकारितालाई प्राथमिकता दिने बताएका छन् । परियोजनाले डुगेश्वर गाउँपालिका–२ मा कृषि र ३ मा पशुपालन लगायतका क्रियाकलापमा काम गर्दछ ।