दैलेखका ११ स्थाीयतहमा मनाइयो १९ औँ धान दिवस
दैलेखः दैलेखका ११ स्थानीयतहमा १९ औँ धान दिवस भव्यताका साथ मनाइएको छ । कृषि बिकास कार्यलयको आयोजनामा नारायण नगरपालिका वडा नं ४ सोतमा १९औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७९ मनाइएको हो । यस वर्ष ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नारा सहित धान दिवस मनाइएको हो ।
धान दिवसमा बोल्दै प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्माले नेपाली नागरिकको जीवनस्तर उकास्नको लागि नयाँ नयाँ अभ्यासहरू गर्दै जनताको जीवनस्तर बदल्ने कुरालाई हामीले ध्यान दिनुपर्ने बताए । उनले भने–राजनीतिक परिवर्तन हुन्छन् अरू परिवर्तन हुन्छन् तर किसानले दुई छाक खानाको लागि समस्या झेल्नु पर्ने अवस्था अहिले पनि रहेको भन्दै यस्ता अवस्थालाई बदल्नको लागि हामीले अनेक खालका प्रक्रिया अगाडी बढाएका छौँ यसमा सबैको साथ सहयोगको आवश्यकता रहेको छ ।
प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले जिल्लाका सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, निजामाति कर्मचारी लगायत सबैले आफ्नो घरमा रहेको खेतबारी बाँझो नराखी उत्पादन हुने खेती लगाउनु पर्ने बताए । उनले भने कृषि क्रान्ती भन्ने मात्र होइन आफै पनि गर्नुपर्छ ।
धान दिवस बारे जानकारी दिदै कृषि विकास कार्यालयका कार्यालय प्रमुख नगेन्द्र थापाले नेपालमा धानबालीको इतिहास लगायतका विषयमा जानकारी दिएका थिए ।
सृजनशील कृषक समूहका सदस्य कर्ण बहादुर कठयताको अध्यक्षतामा भएको १९ औँ धान दिवस तथा रोपाई महोत्सव २०७९ को धान दिवस मनाइएको छ । कर्णाली प्रदेश सरकारले असार १५ धान दिवसको अवसरमा कर्णालीका ९ जिल्लामा बिदा दिने गरेको छ ।