रैथाने बालीको संरक्षण गर्न परिकारको प्रर्दशन
दैलेख : रैथाने बालीको संरक्षण गर्न रैथाने बाली बाट निर्माण गरिएका परिकारको प्रदर्शनी गरिएको छ । नारायण नगरपालिका कृषि बिकास शाखाले रैथाने बालि प्रबदन कार्यक्रम अन्तर्गत कृषकहरुका लागि १ दिने रैथाने बालिका परिकार बनाउने तालिममै सँगै स्थानीय रैथाने बालीबाट उत्पादित परिकारको प्रदर्शन गरिएको हो ।
नारायण नगरपालिका कृषि बिकास शाखाका प्रमुख खेमराज शर्माले नारायण नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार रैथाने बालिको महत्व, परिकार स्थानीय रैथाने बालि उत्पादनमा प्रविधिे लाई खेतीमा जोड्ने र प्रचार प्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उनले रैथानेबालिबाट तयार पारिएका कागुनो को खिर ,कोदाको सेल ,फापरको सेल , कोदोको जेरि लगायतका परिकारहरु प्रर्दशनमा राखिएको बताए ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले रैथाने बालीको संरक्षणका लागि सबै सरोकारवाला निकाय लागी पुर्न पर्ने बताए । उनले पुर्खौ देखी हामीले खादै आएको बाली अहिले लोप हुने अवस्थामा रहे.को भन्दै त्यसको संरक्षणका लागि नगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा समाबेश गरिने बताए ।