Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

गौरे सार्कीको निर्माण हुने भयो घर

फोटा साभार अन्नपूर्ण

दैलेख  : दैलेखको भैरबी गाउँपालिका–१ रावतकोटस्थित मेहलटाकुरा गाउँका गौरे सार्कीको परिवारलाई सुरक्षीत रुपमा बस्नको लागि घर निर्माण कार्य सुरु गरिएको छ । चरम गरिबीको चपेटामा परेर कष्टकर जीवनयापन गरिरहेका उनिहरुका लागि गाउँपालिका र पञ्चदेवल पूर्व विद्यार्थी समाजले घर निर्माणको काम सुरु गरे संगै घर निर्माण हुने पक्का भएको छ ।

गौरेको परिवारले झेलिरहेको समस्याबारे यसअघि पत्रकार हिक्मत बहादुर नेपालीले अन्नपूर्ण पोस्ट्मा भुक्तमान भोगिरहेको एक दलित परिवार शीर्षकमा समाचार प्रकाशित गरेका थिए । समाचार प्रकाशन भएपछि गाउँपालिका र पञ्चदेवल पूर्वविद्यार्थी समाजले गौरेको परिवारलाई घर निर्माणका लागि चासो देखाएका हुन । नेपाली सेनाले समते गौरे सार्कीका लागि खाद्यान्न र कपडा समेत बितरण गरेको थियो । काठका खाँवामाथि टांगिएको त्रिपाल हावाहुरीले उडाएर धुजाधुजा बनेको थियो ।