Loading... आजः शुक्रबार, बैशाख ५, २०८२
Trending

असार १ गतेदेखि मतदाता नामावली संकलन हुने

काठमाडौँ  :  आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असार १ गतेदेखि मतदाता नामावली संकलन हुने भएको छ। स्थानीय तहको चुनावको मिति घोषणा भए पनि माघ २५ गतदेखि स्थगित भएको नामावली संकलन कार्य आयोगले असार १ गतेदेखि सुचारु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।

आयोगले नागरिकता लिएका र मतदाता नामावलीमा नाम समावेश गर्न योग्यता पुगेका सबैलाई आफ्नो नाम दर्ता गराउन आह्वान गरेको छ। आयोगले भनेको छ ‘नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आप्mनो नाम दर्ता गराउन सक्नेछन्।’

आयोगले यो अवधिमा विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सकिनेसमेत जनाएको छ।

आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्।

पौडेलका अनुसार पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आप्mनो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाण सहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता गर्न सकिनेछ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख मतदाता थिए।