विश्व वातावरण दिवसका अवसरमा बेलासपुरमा वृक्षारोपण

दैलेख : विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ । जिल्लाको पर्यटकीय क्षेत्र बेलासपुर मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम गरि दिवस मनाइएको हो।
‘पृथ्वीको संरक्षण दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ वृक्षारोपण कार्यक्रममा नाराययण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले वातावरण संरक्षण अहिलेको मुख्य चुनौति भएको बताए । उनले रुखले मात्रै प्रकृतिलाई जोगाउने भएकाले वृक्षारोपण र वन संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताए ।
वृक्षारोपण कार्यक्रममा नारायण नगरपालिकाका उप प्रमुख तप्ता कुमरी थापा , नारायण नगरपालिका ६ का वडा अध्यक्ष जनक न्यौपाने डिभिजन बन कार्यालय शाखा अधिकृत बेद प्रसाद ढाकाल लगायतका कर्मचारीको उपस्थिती रहेको थियो ।


