कर्णाली सरकारले नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने
सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने भएको छ । २८ अर्बको बजेट ल्याउने तयारीमा रहेका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले अधिकांश पुराना योजना कार्यान्वयन गर्ने नीति ल्याइने बताएका छन् ।
विगतका अधुरा कामहरु पूरा गर्ने योजनाअनुसारका नीति ल्याउँछौं’ उनले भने, हरेक मन्त्रालयमा बजेट घटेर आएको हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना अत्यन्तै न्यून छ ।