Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

सात काँग्रेस, चार एमाले, माओवादी दुई ,मजदुरर समाजबादी एक–एकमा बिजयी

..

दैलेख  :  दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडा मध्ये १५ वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसले सात एमालेले चार माओबादी केन्द्रले एक र नेपाल मजदुर किसान पार्टीले एक र एकिकृत समाजबादी पार्टीले एक वडामा विजयी भएको छ ।
नेपाली काँग्रेसले नौमुले गाउँपालिकाको –१,२,४ र गुराँस गाउँपालिकाको–१ र २ नारायण नगरपालिका –१ र ठाटिकाँध गाउँपालिका –४ मा विजयी भएको छ । नेकपा एमाले महावु गाउँपालिका –१ र दुल्लु नगरपालिका –१ नौमुले गाउँपालिका –३ र भैरवी गाउँपालिका –१ म बिजयी भएको छ । माओवादी केन्द्रले डुगेश्वर गाउँपालिका –१ र महावु गाउँपालिका –६ मा मा विजयी भएको छ । नेपाल मजदुर किसान पार्टीले चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ , एकिकृत समाजबादी पार्टीले नौमुले गाउँपालिका –५ मा बिजयी भएको छ ।

नौमुले गाउँपालिका १ मा नेपाली काँग्रेस बाट उम्मेदवार बनेका रुपेश राना विजयी भएका छन । उनले चार सय मत पाएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका नामाखर शर्माले तीन सय ८६मत ल्याएर उप विजेता बनेका छन ।

नौमुले गाउँपालिका –२ मा नेपाली काँग्रेसकाले जीत हात पारेको छ । काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार दुर्गप्रसाद शर्मा चार सय ८२ मत सहित विजयी भएका छन । उक्त वडामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार खगेन्द्रबहादुर सिंह ठकुरीले ४०५ र नेकपा माओवादीका पदमबहादुर गिरीले ३११ मत प्राप्त गरेका थिए ।

जिल्लाको गुराँस गाउँपालिका–१ मा नेपाली काँग्रेस विजयी भएको छ । वडामा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार धर्मबहादुर रावलको प्यानल विजयी भएको हो । रावल ५ सय ९५ मत सहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जङ्गबहादुर महत क्षेत्रीले तीन सय ३९ मत प्राप्त गरेका छन । त्यस्तै गुराँस गाउँपालिका –२ मा पनि नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर रावलले ५२२ मत प्राप्त गर्दै विजयी भएका छन । उनका प्रतिद्धन्दी नेकपा एमालेका प्रेमबहादुर रावलले २८८ मत प्राप्त गर्दै उप बिजेता बनेका छन ।

दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन । काँग्रेसका उम्मेदवार चन्द्रलाल बस्नेतले ४७४ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्धन्दी नेकपा एकीकृत समाजवादीका गजबहादुर ढेङा मगर ३१० र नेकपा एमालेका गंगाराम बस्नेतले १३८ मत प्राप्त गर्दै पराजित भएको जनाइएको छ ।

नारायण नगरपालिका –१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका शैलेस कुमार श्रेष्ठ निर्वाचित भएका छन । उनले तीन सय ७८ ल्याएर बिजयी भएका हुन । उनले एकिकृत समाजबादी पार्टिका रमेश कुमार केसीलाई २० मतले पछि पार्दै बिजयी भएका हुन ।

त्यस्तै भैरबी गाउँपालिका–२ मा नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेदवार मिनबहादुर थापा सहित प्यानल नै विजयी भएको छ उनले पाँच सय ११ मत प्राप्त गरी बिजयी भएका हुन । उनका प्रतिद्धन्दी एमालेबाट वडाध्यक्षका उम्मेदवार बिमला कुमारी थापाले २९६ मत प्राप्त गरेकी थिइन ।

ठाटिकाँध गाउँपालिका –४ को अध्यक्षमा नेपाली काँग्रेसका केशरसिह कठायत बिजयी भएका छन । उनले तीन सय ७५ मत ल्याएर बिजयी हुँदा उनका प्रतिद्धन्दी एमालेका जनक बहादुर शाहीले तीन सय ६३ मत प्राप्त गरेका छन ।

महावु गाउँपालिकामा –१ को वडा अध्यक्षमा एमालेका सर्बराज सार्की विजयी भएका छन । उनले छ सय ९२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यराम सावदले छ सय ३२ मत प्राप्त गरेका छन ।

त्यस्तै दुल्लु नगरपालिका –१ को वडा अध्यक्षमा एमालेका तर्क बहादुर खड्का विजयी भएका छन । उनले पाँच सय ९७ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नर बहादुर थापाले तीन सय २५ मत प्राप्त गरेका छन ।

ः दैलेखको भैरबी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन । एमालेका उम्मेदवार डम्बर बहादुर कार्कीले ७०५ मत प्राप्त गर्दै विजयी भएका छन भने नेपाली काँग्रेसका हिक्मत बहादुर थापाले ४५८, माओवादी केन्द्रका मान बहादुर थापाले १० मत प्राप्त गर्दै पराजित भएको जनाइएको छ ।

दैलेखको नौमूले गाउँपालिका वडा नं. ३ मा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार नरबहादुर पुरी निर्वाचित भएका हुन । एमालेबाट वडाध्यक्षमा निर्वाचित पुरीले ४१८ मत प्राप्त गर्दा निकटतम् प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका बलबहादुर खत्रीले ३३८ मत प्राप्त गरेका छन ।

नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार गगनबहादु रोकामगरले ३१८ मत प्राप्त गरेका छन । रोकामगर निवर्तमान वडाध्यक्ष समेत थिए । यस्तै सदस्यमा एमालेकै बलबहादुर रावत र नविन थापामगर निर्वाचित भएका भएका छन । महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी अमृता घर्ती दलित महिला सदस्यमा एमालेकै पम्फा सुनार निर्वाचित भएका छन ।

डुगेश्वर गाउँपालिका –१ बाट गठबन्धन दल माओवादी केन्द्र बाट उम्मेदवार बन्नुभएका श्याम राना विजयी भएका छन । उनले ७ सय ८१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका लोक बहादुर डागीले पाँच सय २४ मत ल्याएर उप विजेता बनेका छन । वडामा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन रहेको थियो ।

दैलेखको महाबु गाउँपालिका–६ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छ । नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रेशमबहादुर थापामगर वडाध्यक्षमा निर्वाचित भएका हुन । ४१२ मत प्राप्त गरी बिजयी भएका हुन । यो वडामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको थियो ।

दैलेखमा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । उक्त पार्टीले चामुण्डाविन्द्रासैनी नगरपालिका–१ मा जीत हात पारेको हो । उक्त वडामा नेमकिपाबाट वडाध्यक्षका उम्मेदवार बनेका उदे कामी विजय भएका छन । उनले ३१७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार तपेन्द्र बहादुर शाहीलाई तीन सय १३ प्राप्त गरेका थए । तपेन्द्र शाही ४ मतले पराजित भएका छन

नौमुले गाउँपालिका –५ मा माओबादी र समाजबादी पार्टी बाट उम्मेदवार बनेका समाजबादी पार्टिका कृष्ण बहादुर सलामी बिजयी भएका छन । उनले पाँच सय ४९ मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृतको कार्यालय नौमुलेले जानकारी दिएको छ । सदस्यहरुमा नेकपा (एकीकृत समाजवादी) पार्टीका जंगबहादुर विक, मनबहादुर कामी, हिरा बुढा र डिलमाया सुनार विजयी हुनुभएको छ । यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको थियो ।