Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

दैलेखको भैरबी गाउँपालिका १ मा एमाले विजयी

दैलेख  :  दैलेखको भैरबी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार डम्बर बहादुर कार्कीले ७०५ मत प्राप्त गर्दै विजयी भएका हुन ।

उक्त वडामा नेपाली काँग्रेसका हिक्मत बहादुर थापाले ४५८, माओवादी केन्द्रका मान बहादुर थापाले १० मत प्राप्त गर्दै पराजित भएको जनाइएको छ ।
यस्तै भैरवी गाउँपालिकामा एमालेका अग्रता कायम रहेको छ । एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार सर्वराज महतराले ८५५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । काँग्रेसका उम्मेदवार रिता शाहिले ३७५ मत प्राप्त गरेको जनाइएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेका उम्मेदवार पदम कुमारी विष्टको अग्रता कायम रहेको छ । विष्टले ६९७ मत प्राप्त गर्दै अग्रता काएम गरेकी छन् भने काँग्रेसका देवी भण्डारीले ४८५ र माओवादी केन्द्रका ऐनबहादुर कठायतले ३९ मत प्राप्त गरेका छन् ।