आइजीपी नियुक्त बिरुद्ध सर्बोच्चमा रिट दर्ता
काठमाडौं : धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय बदरको मागसहित एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
पोखरेलका वारेसले ल्याएको रिट केही बेर अघि दर्ता भएको र बुधवारलाई पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
वरिष्ठता र ज्येष्ठता मिचेर आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले अन्तरिम आदेश माग गरेका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले पोखरेल भन्दा १६ महिना जुनियर एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो ।