Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

देशभर ३५३ जना निर्विरोध निर्वाचित

काठमाडौं  :  आसन्न स्थानीय चुनावअन्तर्गत अहिलेसम्म विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमार्फत एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताएको हो ।

र्विरोध हुनेमा वडाध्यक्षसहित वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य रहेका छन् ।​ यस्तै ७५३ स्थानीय तहमा दलित महिला सदस्यतर्फको जम्मा ६ हजार ७ सय ४३ सिटमा १७० ठाउँमा मनोनयन नपरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार २०७४ सालको निर्वाचनमा एक सय ७६ दलित महिला वडा सदस्यमा उम्मेदवारी नपरेका कारण रिक्त रहेको थियो ।