गाउँपालिकाका अध्यक्ष वडा सदस्यको उम्मेदवार
दैलेख : भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा वडा सदस्यको उम्मेदवार बनेका छन । गाउँपालिकाको अध्यक्षमा दोहोरिन खोजे पनि पार्टीबाट गाउँपालिका अध्यक्षमा सर्बराज महतारालाई टिकट दिएपछि वडा सदस्यमा उम्मेदवार बनेका हुन । उनले अध्यक्ष पदबाट ९ गते राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन ।
२०७४ को चुनावमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका बुढाले वडा ७ माथिल्लो कुसापानीबाट वडा सदस्यको चुनावमा उम्मेदवारी दिएका छन । वडा सदस्यमा उम्मेदवारी दिएका बुढाले आफूले पाँच वर्ष गाउँपालिकामा काम गरेको र अव जिल्ला समन्वय समितिको प्रमुखका लागि वडा सदस्यमा उम्मेदवारी दिएको बताए । उनले भने गाउँपालिकामा पुन दोहोरिने इच्छा थियो कति काम अधुरै थिए त्यसको पूर्णता दिनका लागी उम्मेदवार बन्न खोजेको थिए । आफू मात्र उम्मेदवार बन्दा अन्य साथीलाई मर्का पर्ने भएपछि आफू वडा सदस्यको उम्मेदवार भएर पार्टीलाई जिताउन लागेको छु ।