छ पालिकाका आठ जनप्रतिनिधि पुरानै अनुहार
दैलेख : जिल्लाका ११ स्थानीय तहका २२ जना नगर प्रमुख÷उप प्रमुख अध्यक्ष र उपाध्यक्ष मध्ये छ पालिकाका आठ जनप्रतिनिधि पुन दोहोरिने तयारीका साथ निर्वाचनमा होमिएका छन् । जिल्लाको नारायण नगरपालिका नगर उप प्रमुख सावित्री मल्ल, महावु गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर शाही ,नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर,उपाध्यक्ष अमृता सिंह गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली उपाध्यक्ष दिपा बिसी डुगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्ल दोहोरिन निर्वाचनमा होमिएका हुन । गुराँस गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष ,नौमुले गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष, डुगेश्वर गाउँपालिकाका अध्यक्ष नेपाली काँग्रेस बाट निर्वाचित हुनुभएको थियो । भएका थिए ।
नारायण नगरपालिकाकी उप प्रमुख सावित्री मल्ल,महावु गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर शाही,भैरवी गाउँपालिकाकी उपाध्यक्ष पदम कुमारी विष्ट २०७४ सालको निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित भएका थिए । मल्ल र शाही भने एकीकृत समाजवादी पार्टी बाट पुन नगर उप प्रमुख र गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भने पदम कुमारी विष्ट भने नेकपा एमाले बाट उपाध्यक्षको उम्मेदवार बनेकी छिन ।
गुराँस गाउँपालिकाको अध्यक्षमा २०७४ मै उम्मेदवारका आकाक्षी थिए पदम बहादुर मल्ल र खेमराज ओली । त्यही बेला पदम बहादुर मल्ललाई अर्को स्थानीय निर्वाचनमा उम्मेदवार बनाउने सहमति गरेर निर्वाचन समेत जितेका खेमराज ओली पुन गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनेका छन । गुराँस गाउँपालिकालाई राम्रो बनाउन धेरै कामको सुरुवात गरेको छु ती कामलाई पूर्णता दिन पनि पुन उम्मेदवार बनेको हो त्यही अनुसार पार्टीले टिकट दिएपछि आफू निर्वाचनमा होमिएको बताए । उनले भने पालिका अध्यक्ष र उपाध्यक्षमा नै दोहोरिएका छौ । हामीले सुरु गरेका काम सम्पन्न गर्न पनि निर्वाचन जित्न आवश्यक रहेको छ ।
भैरवी गाउँपालिकाको उपाध्यक्ष भइसकेकी पदम कुमारी विष्टले आफ्नो उम्मेदवारी गाउँपालिका अध्यक्षमा भए पनि पार्टीले उपाध्यक्षमै लड्नको लागी टिकट दिएपछि आफूले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेको बताइन । उनले पहिलो कार्यकालमा गाउँपालिकाले धेरै ऐन नियम कार्यविधि निर्माण गरेको बताउँदै अव त्यसको आधारमा काम गर्न सहज हुने उद्देश्यले आफू दोहोरिएको बताइन । बिष्टले भन्नि पहिला कार्यकालमा धेरै सिक्ने काम भयो अव काम गर्ने बेला हो त्यही भएर उम्मेदवारी दिएको छु जनताले पनि विजयी गराउनु हुनेछ ।
नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर र उपाध्यक्ष अमृता सिंह समेत पुन दोहोरिन लागेका छन । नौमुले गाउँपालिकाका अध्यक्षको उम्मेदवार समेत रहेका बुढामगरले आफूले गाउँपालिकालाई समृद्ध बनाउन पहिलो कार्यकाल समृद्ध बनाउन जग बसालेका कारण पुन अध्यक्षमा दोहोरिन लागेको बताए ।
दोहोरिन लागेका अधिकांश जनप्रतिनिधिले पाँच वर्षको कार्यकालमा राम्रोसँग काम गर्ने वातावरण नबनेको बताएका छन् । पाँच वर्षको कार्यकालमा पहिलो कार्यकाल भएकाले केही अलमलमै थियौ जब काम गर्ने बेला आयो कोरोना महामारीको कारण पनि काम गर्ने वातावरण भएन उहाँहरू भन्नुहुन्छ यस कारण अब नेतृत्व गर्न पायौ भने यही अनुभवका आधारमा राम्रा काम गर्न सकिन्छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि भन्दा अनुभवको कारण पनि पुरानालाई नेतृत्व लिएमा विकास निर्माण तथा अन्य कामहरू प्रभावकारी हुने भनाई छ ।