Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

चार पालिका प्रमुख सहित १८ वडा अध्यक्षको उम्मेदवारी दर्ता

दैलेख  :  दैलेखका ११ पालिका मध्ये चार पालिकामा प्रमुख सहित १८ वटा वडाध्यक्षमा उम्मेदवारी दर्ता भएको छ । जिल्लाको महावु गाउँपालिकामा स्वतन्त्र बाट अध्यक्षमा चेतन जैसी, भैरवी गाउँपालिकामा उन्नत लोकतान्त्रिक पार्टी बाट मिलन ढुङ्गाना ,भगवतिमाई गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका नर बहादुर सिंह, दुल्लु नगरपालिकामा राप्रपा नेपालले नगर प्रमुख र उप प्रमुखको उम्मेदवारी दर्ता परेका छ ।
भगवतीमाई गाउँपालिकाका निर्वाचन अधिकृत इन्द्र बहादुर कार्कीले गाउँपालिका अध्यक्षको लागि राष्ट्रिय जनमोर्चा बाट मात्र उम्मेदवारी परेको बताए । उनले गाउँपालिकामा रहेका नेपाली काँग्रेस बाहेक सबै दलले मनोनयन पत्र लिए पनि कुनै पनि दलले उम्मेदवारी दर्ता नगरेको जानकारी दिए ।
भैरवी गाउँपालिकाका निर्वाचन अधिकृत चन्द्रदेव भारतीले गाउँपालिकाको अध्यक्षमा उन्नत लोकतान्त्रिक पार्टी बाट मिलन ढुङ्गानाले मात्र उम्मेदवारी दिएको र अन्य कुनै दल वा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता नगरेको बताए ।

महावु गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भलाराम पंगालीले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार चेतन जैसीको उम्मेदवारी दर्ता भएको बताए । उनले गाउँपालिका– ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार राज बहादुर सिंह र दान बहादुर सिंहको उम्मेदवारी दर्ता भएको बताए । उनले भने नेकपा माओवादी केन्द्र बाट गाउँपालिका –३ को महिला सदस्यमा एलिसा बुढा चलाउनेको मात्र उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृत दण्ड वाणी लामिछाने नारायण नगरपालिकाको–१ म स्वतन्त्र उम्मेदवार शारदा प्रसाद श्रेष्ठले उम्मेदवारी दिएको जानकारी दिए । उनले नेपाल एकीकृत समाजवादी पार्टी बाट नारायण नगरपालिका –५ को वडाध्यक्षमा गोपाल नेपालीले उम्मेदवारी दर्ता गराएको जानकारी दिए । उनले वडाध्यक्ष सहित दलित महिला सदस्य खुल्ला सदस्य,खुल्ला महिला सदस्यमा उम्मेदवारी दर्ता गरेको बताए ।

गुराँस गाउँपालिकाका निर्वाचन अधिकृत वन्दना केसीले नेपाल मजदुर किसान पार्टीले गाउँपालिका –२,४ र ५ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेको बताइन । उनले नेपाल मजदुर किसान पार्टीले आज नै सबै पदमा उम्मेदवारी दिने तयारी गरेका कारण पाँच बजे सम्म जुन जुन पदमा उम्मेदवारी पर्छ त्यसलाई अन्तिम रूप दिन्छौ ।

नौमुले गाउँपालिकाका निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेले गाउँपालिका–४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार रेसम गिरीको उम्मेदवारी परेको बताए ।

दुल्लु नगरपालिकाका निर्वाचन अधिकृत यज्ञ पुरीका अनुसार राप्रपा नेपाल बाट नगर प्रमुख उप प्रमुख र सात वडा वडाध्यक्ष, दलित महिला सदस्यमा एक जना को उम्मेदवारी परेको बताए । त्यस्तै नगर प्रमुखमा एक जना स्वतन्त्र वडा अध्यक्षमा तीन जना स्वतन्त्र महिला सदस्यमा एक जना सदस्य स्वतन्त्र, दलित सदस्यमा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको जानकारी दिए ।

त्यस्तै नेकपा एमाले बाट दुल्लु नगरपालिका –१३ को वडा अध्यक्ष र खुल्ला एक सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका आठबिस नगरपालिका,ठाटिकाँध गाउँपालिका डुगेश्वर गाउँपालिका भने कुनै पनि दल वा स्वतन्त्रले उम्मेदवारी दर्ता नगरेको निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन् ।