Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

दैलेखमा एमालेले टुंग्यायो ९ स्थानीय तहको उम्मेदवार

दैलेख  :  नेकपा एमालेले दैलेखका ९ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका ११ स्थानीय तह मध्ये ९ वटा स्थानीय को मेयर, उपमेयर÷अध्यक्ष, उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको हो । एमालेले दैलेखको नारायण नगरपालिका प्रमुखमा लोमन शर्मा र उपप्रमुखमा तप्ताकुमारी थापालाई उम्मेदवार बनाएको छ । यस्तै दुल्लु नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही र उपप्रमुखमा रेणुका भट्टराईलाई उम्मेदवार बनाएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा सूर्यबहादुर शाही उपप्रमुखमा नन्दा विष्ट, ठाँटिकाँध गाउँपालिकाको अध्यक्षमा लक्ष्मीदेवी शाह र उपाध्यक्षमा देवीराम बडुवाललाई चयन गरिएको छ । एमालेले महाबु गाउँपालिकाको अध्यक्षमा हरिप्रसाद उपाध्याय र उपाध्यक्षमा दुर्गाकुमारी सिंह, नौमुले गाउँपालिकाको अध्यक्षमा शशिराम विक, उपाध्यक्षमा गीता चन्दलाई उम्मेदवार बनाएको छ ।

यस्तै जिल्लाको डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षमा सुन्दर केसी र उपाध्यक्षमा कलावती न्यौपानेलाई चयन गरिएको छ । त्यसैगरी एमालेले गुराँस गाउँपालिकाको अध्यक्षमा टोपबहादुर बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का, भगवतीमाई गाउँपालिका अध्यक्षमा शान्तिप्रसाद शर्मा र उपाध्यक्षमा बशन्ता शाहीलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमाले दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले आठबीस नगरपालिका र भैरवी गाउँपालिकामा भने उम्मेदवार चयन गर्न नसकेको बताए । उनले दुई पालिकाका उम्मेदवार चयनका लागि नामहरू पार्टी केन्द्रीय कार्यालयमा निर्णयार्थ पठाएको बताए ।