Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

स्थानीय निर्वाचन, उम्मेदवार छनोट गर्दै दल


दैलेख  :  आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दैलेखका राजनीतिक दलहरू उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिका प्रमुख,उपप्रमुख अध्यक्ष एवं उपाध्यक्ष वडाध्यक्ष र वडा सदस्य टुङ्गाउन दलहरू व्यस्त भएका हुन । जिल्लामा सात गाउँपालिका र चार नगरपालिका गरी ११ पालिका छन् । जिल्लाका ११ पालिका मध्ये नेकपा(एमाले)ले नौ स्थानीय तहका प्रमुख र उपप्रमुखको सिफारिस गरेको छ । जिल्लाको सदरकुमामा रहेको नारायण नगरपालिकाको प्रमुखका लागि जिल्ला समन्वय समितिका प्रमुख रहनुभएका प्रेम बहादुर थापा र लोमन शर्मालाई नगर कमिटीले सिफारिस गरिएको छ । उप प्रमुखमा भने नेकपा(एमाले) जिल्ला कमिटी सदस्य तप्ता थापा मात्र सिफारिस भएकी छिन ।

त्यस्तै नौमुले गाउँपालिकाको प्रमुखमा शशि विश्वकर्मा सिफारिस भएका छन भने उप प्रमुखमा सिफारिस हुन बाँकी रहेको नेकपा एमाले नौमुले गाउँ कमिटीले जानकारी दिएको छ । डुगेश्वर गाउँपालिकामा २०७४को स्थानीय निर्वाचनमा एमाले बाट उम्मेदवार भई उप बिजेता बनेका मान बहादु विष्ट सहित सुन्दर केसीको नाम सिफारिस गरिएको छ । उपाध्यक्षमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा उप विजेता बन्नुभएकी कलावती न्यौपानेलाई नै उपाध्यक्षमा सिफारिस गरिएको छ । उहाँले ७ मतले उपाध्यक्षमा पराजित भएकी थिइन ।

आठबिस नगरपालिकाको प्रमुखमा एमालेले नगर प्रमुखमा तर्क बहादुर बडूवाल र हालका नगर प्रमुख खड्गराज उपाध्यायलाई उम्मेदवार सिफारिस गरिएको छ । उप प्रमुखमा भने कल्पना थापा सिफारिस भएकी छिन । चामुण्डाबिन्द्रासैनी नगरपालिकाको नगर प्रमुखमा सूर्य बहादुर शाही (उपसभापति)मात्र सिफारिस भएका छन । हालका नगर प्रमुख सूर्य बहादुर शाहीको प्रस्तावमा एकल सिफारिस भएका छन भने उप प्रमुखमा भने सिफारिस हुन बाँकी रहेको जानकारी दिइएको छ ।
ठाटिकाँध गाउँपालिकाको अध्यक्षमा हालका अध्यक्ष धीर बहादुर शाही, कुमार विक्रम शाही,योगेन्द्रबिक्रम थापा सिफारिस भएका छन । उप प्रमुखमा भने सिफारिस हुन बाँकी छ ।
महावु गाउँपालिका अध्यक्षका लागि वडा नः १ का अध्यक्ष समेत रहेका भएका हरि प्रसाद उपाध्याय र मीन बहादुर बुढा सिफारिस भएका छन । उम्मेदवार छान्न निर्वाचन भएको थियो । निर्वाचनमा पहिलो हरि उपाध्याय र दोस्रो हुनुभएका मीन बहादुर बुढा लाई सिफारिस गरिएको जानकारी दिएको छ । उपाध्यक्षका लागि लक्ष्मी कार्की र दुर्गा सिंह सिफारिस भएकी छिन । त्यस्तै दुल्लु नगरपालिकाको नगर प्रमुखमा रुद्र बहादुर शाही सिफारिस भएका छन । आंकाक्षी धेरै भएपछि निर्वाचन मार्फत तीन जनाको नाम सिफारिस गरिएको भए पनि दोस्रो नम्बरमा रहेका दुल्लु नगरपालिका १० का वडाध्यक्ष हर्क बहादुर खड्का र निर्मला रिमाल पोखरेलले धेरै मत लाएर पहिलो भएका रुद्र शाहीलाई नै समर्थन गरेपछि रुद्र शाही एकल उम्मेदवार बनेका हुन । उप प्रमुखका लागि रेणु भट्टराई सिफारिस भएकी छिन ।

भगवतिमाई गाउँपालिकाको अध्यक्षमा हालका अध्यक्ष दान बहादुर थापा, शान्ति प्रसाद शर्मा,सिपी शर्मा,हालकी उपाध्यक्ष रहेकी चन्द्रा रेग्मी लाई सिफारिस गरिएको छ । उपाध्यक्षमा भने पशुपति शाही,बसन्ता शाही र रिता कुमारी विष्ट थापा सिफारिस भएकी छन । नेकपा(एमाले) दैलेखका अध्यक्ष रबन्द्रि शर्माले जिल्लाका गुराँस गाउँपालिका र भैरवी गाउँपालिका बाट उम्मेदवार सिफारिस हुन बाँकी रहेको बताए । उनले साथीहरूले छलफल गरिरहनुभएको छ छिटै उम्मेदवार सिफारिस हुन्छ ।

गठबन्धन दललाई सकस

नेकपा(एमाले)ले उम्मेदवार धमाधम सिफारिस गरिएको भए पनि गठबन्धन दलहरू मा भने अहिले सम्म कुनै पनि पालिकाको उम्मेदवार सिफारिस गरिएको छैन । गठबन्धन दलहरूले दैलेख सदरमुकामा सम्पर्क कार्यालय स्थापना गरी छलफल सुरु गरे पनि कुनै टुगोमा नपुगेको गठबन्धन दलका नेताहरूले बताएका छन् । गठबन्धमा रहेको दल नेपाली काँग्रेसले भने नारायण नगरपालिकामा मात्र नगर प्रमुखका लागि १२ जना र उप प्रमुखका लागि दुई जनाको नाम सिफारिस गरेको छ ।

गठबन्धन दल नेपाली काँग्रेस सभापति मणिराम रेग्मीले कुन स्थानीय तहमा कसलाई दिने भन्ने छलफल सुरु भएको बताए । उनले नेपाली काँग्रेसले जितेका स्थानीय तह बाहेक अन्य तह हुन दललाई दिने भन्ने विषय केही दिनमा टुगो लाग्ने बताए । नेपाली काँग्रेसले २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाका दुल्लु नगरपालिकामा प्रमुख,आठबिस नगरपालिकामा उप प्रमुख,नौमुले गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष,डुगेश्वर गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष,गुराँस गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष जितेको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले बाट उम्मेदवार भएर जित्नुभएका महावु गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर शाही, नारायण नगरपालिकाका उप प्रमुख सावित्री मल्ल,महावु गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी बुढा र ठाटिकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंहले मात्र एकीकृत समाजवादी पार्टी रोजेका छन । महावु गाउँपालिकामा एकीकृत समाजवादी पार्टीले पाउने निश्चित भए पनि नेपाली काँग्रेस भित्रै विवाद भएको छ । नेकपा(एमाले) बाट निर्वाचन जितेको भए पनि अध्यक्ष र उपाध्यक्ष सँग जनमत नभएकाले दिन नमिल्ने नेपाली काँग्रेसका नेताहरूले बताएका छन् ।

हामी तत्कालीन समयमा दोस्रो हौँ अहिले हाम्रो जनमत बलियो छ नेपाली काँग्रेसका नेता झलक भण्डारीले भन्नुभयो एमाले विभाजन भएको बेला हामी सहज जित्ने थियौ माथि बाट समाजवादीको भागमा प¥यो त्यसले गर्दा विद्रोह हुनसक्छ ।
नेकपा(माओवादी केन्द्र)ले भने जिल्लाका कुनै पनि स्थानीय तहमा सदस्यमा समेत जित्न सकेको थिएन । नौमुले गाउँपालिकामा तेस्रो र भगवतिमाई गाउँपालिकामा तेस्रो भएको पार्टीलाई स्थानीय तह छोड्न नसक्ने अवस्था देखिएको काँग्रेसकै नेताहररुले बताएका छन् । नेपाली काँग्रेसका नेताले आफ्नो नाम नछाप्ने सर्तमा भन्नुभयो उहाँहरूले दुई पालिकाका प्रमुख र एक स्थानीय तहमा उप प्रमुख माग्नुभएको छ । त्यो कसरी दिने यदि केन्द्र बाट निर्णय लाद्ने काम भयो भने काँग्रेस निर्वाचनमा एक्लै जान्छ ।

एकीकृत समाजवादी पार्टीले केन्द्रमा भएको निर्णय अनुसार एमालेले जितेको नारायण नगरपालिका र महावु गाउँपालिकामा आफ्नो दावे दारी प्रस्तुत गरेको छ । एमालेले जितेको भगवतिमाई गाउँपालिका,नारायण नगरपालिका भैरवी गाउँपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका,ठाटिकाँध गाउँपालिका समेत माग गरेको बताइएको छ ।