Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

ओम रिजालको उपन्यास ‘हटारु’ लोकार्पण


काठमाडौँ  :  ओम रिजालको उपन्यास हटारु लोकार्पण भएको छ । प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमबीच ‘हटारु’को लोकार्पण गरेका हुन् । उनले ‘हटारु’ कर्णालीको भाषा, सस्कृतिको पहिचान दिने उपन्यास भएको बताए ।

उपन्यासमाथि साहित्यकार हरिहर अधिकारी (श्यामल), समालोचक डा ज्ञानु अधिकारी, प्रगतिशील लेखक संघका अध्यक्ष मधुसूदन गिरीलगायतले समीक्षा गरेका थिए ।

हटारु’ कर्णाली प्रदेशको लोकजीवन, महिलाको अवस्था र लोकसंस्कृतिमा आधारित छ । साङग्रिला बुक्सले प्रकाशित गरेको उपन्यासले लोक संस्कृतिलाई पुनर्ताजकी गराएको छ । लेखक रिजालको यो पहिलो उपन्यास हो । उनका यसअघि अन्य विधाका दुई किताब प्रकाशित भइसकेका छन् । रिजाल नेपाल सरकारका उपसचिव हुन् ।