Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दुल्लुको मेयरमा एमालेबाट चर्चित नेता शाही सिफारिस,गठबन्धन दलमा तरंग

दैलेख  :  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेदको दुल्लु नगरपालिकाको प्रमुखमा नेकपा एमालेकोतर्फबाट चर्चित युवा नेता रुद्र शाही सिफारिस भएका छन् ।दुल्लुको मेयरका लागि आकाङ्क्षी धेरै भएपछि उम्मेद्वार छनौटका लागि मंगलबार भएको मतदानमा शाहीले ५६ मत प्राप्त गरि पहिलो भएका थिए ।

दोस्रो नम्बरका नगर कमिटी अध्यक्ष हर्कबहादुर खड्काले ३३, जिल्ला पार्टी सचिव तिलक रिजालले १९, जिल्ला पार्टी उपसचिव गंगाराम दाहालले १०, डाक्टर रमेश आचार्यले ५ र कपिल खनालले शून्य मत प्राप्त गरे ।

यस्तै, उममेयर उम्मेदवारका लागि सात जना प्रतिस्पर्धीमध्य रेणु भट्टराईले ३३ मत प्राप्त गरेर पहिलो नम्बरमा सिफारिस भएकी छन् । यस्तै, दोस्रोमा विना कार्कीले २९, विष्णु थापाले २७, भगवती खनालले १३, कौशिला आचार्य खनालले १५, सावित्रा खड्काले १२ र कोकिला शर्माले ८ मत प्राप्त गरिन् ।

दुल्लु नगर कमिटीले नगर प्रमुखमा पहिलो नम्बरमा सिफारिस भएका शाही र दोस्रो नम्बरमा सिफारिस भएका खड्कालाई तथा उपप्रमुखमा भट्टराई र कार्कीलाई सिफारिस गरेको छ । तर, बुधबार मेयरका लागि उम्मेदवार निर्मला रिमाल पोखरेल र हर्कबहादुर खड्काले शाहिलाई समर्थन गरेका हुन् ।
मेयरका उम्मेदवार हर्क बहादुर खड्का र निर्मला रिमाल पोखरेलले रुद बहादुर शाहीलाई एकल उम्मेदवार बनाएर पठाए पछि दुल्लुमा हुने स्थानीय तहको निर्वाचन रोचक हुने भएको छ ।  दुल्लु नगरपालिकाको मेयरमा रुद्र शाही एकल सिफिारिस भएपछि गठबन्धन दलमा समेत तंरग र युवाहरु उत्साही भएका छन ।
शाही २०७४ को स्थानीय तहको निर्वाचनमा समेत पहिलो भएर सिफारिस भएका थिए । त्यस बेला पार्टि उपाध्यक्ष रहेका बरुनाथ योगीलाई टिकट दिएको थियो । योगी एमाले छोडेर एकिकृत समाजबादी पार्टीमा लागेका छन ।