युवा सहभागिता प्रर्बद्धन गरिदै
दैलेख : स्थानीय संरकार संचालनमा प्रक्रियामा युवाहरुको भुमिकालाई प्रर्बद्धन गर्ने उद्देश्यले कर्णाली प्रदेशका तीन जिल्लामा स्थानीय शासन प्रणालीमा युवा सहभागिताको प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । युरोपियन युनियन र हेल्भटास नेपाल संगको सहकार्यमा महिला सशक्तिकरण मञ्च नेपालको सहजीकरणमा सुर्खेत, दैलेख र जाजरकोटका पाँच स्थानीय तहमा उक्त कार्यक्रम सुरु भएको हो ।
महिला शसक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले कर्णाली प्रदेशका तीन जिल्ला मध्ये दैलेखको गुराँस गाउँपालिका, डुङगेश्वर गाउँपालिका,सुर्खेतको लेकबेसी नगरपालिका,सिम्ता गाउँपालिका र जाजरकोटको भेरी नगरपालिकामा कार्यक्रम सुरु भएको बताइन ।
उनले स्थानीय शासन प्रक्रियामा युुवालाई संलग्नतालाई संस्थागत गर्न सक्षम वातावरणको सिर्जना गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन भएको जानकारी दिइन । उनले भनिन गाउँपालिका तथा नगरपालिकाबाट निर्माण हुने विभिन्न कानुन,कार्यबिधि निर्माणमा समेत कार्यक्रमले सहयोग पुर्याउने छ ।