Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

भीर बाट खसेर मृत्यु

दैलेख  :  घाँस काट्ने क्रममा भिरबाट खसेर एकजनाको मृत्यु भएको छ । बिहीबार घाँस काट्ने क्रममा गुराँस गाउँपालिका–५ भित्री खोलाका ४५ वर्षिया श्यामबहादुर खत्रीको भिरबाट खसेर मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले गुराँस गाउँपालिका–५ धैरानी डाँडामा घाँस काट्ने क्रममा बिहीबार बिहान भिरबाट करिब १५० मिटर तल खसेर खत्रीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनले मृतक खत्रीको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाईसकेको बताए ।