Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

युवाले गरे शिरिस्थान आर्यघाट सफाइ

दैलेख   :  युवाहरूको अगुवाइमा शिरस्थान आर्यघाट सरसफाइ गरिएको छ । जिल्लाको दुल्लु,भैरवी,महावुको संगम स्थल रहेको शिरस्थान आर्यघाट दुर्गन्धित बन्दै गएको भन्दै पञ्चकोकी ज्वाला युवा प्रतिष्ठान दैलेखको आयोजना र नारायण नगरपालिका वातावरण शाखाको समन्वयमा आर्यघाटको सरसफाइ गरिएको हो ।

पञ्चकोकी ज्वाला युवा प्रतिष्ठान दैलेखका अध्यक्ष लोकेश गिरीको नेतृत्वमा गएको नगरपालिकाको वातावरण शाखाका कर्मचारी र युवाहरूको टोलीले आर्यघाट सरसफाइ गरिएको हो । पछिल्लो समयमा लास जलाउन गएका व्यक्तिहरूले मृत्यु भएका व्यक्तिहरूको लत्ताकपडा तथा पानीका बोतल,रेडबुल खाएर जथाभाबी फाल्ने गरेका कारण शिरस्थान आर्यघाट दुर्गन्धित बन्दै गएको थियो ।

 

पञ्चकोकी ज्वाला युवा प्रतिष्ठान दैलेखका अध्यक्ष लोकेश गिरीले जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्य समेत रहेको शिरस्थान मन्दिर नजिकै रहेको आर्यघाट फोहोर भएको थाहाँ पाएपछि युवाहरूलाई लिएर सरसफाइ गरिएको बताए । उनले युवाहरुलाई सामाजिक कार्यमा जोड्ने उद्देश्यले जिल्लामा विभिन्न क्रियाकलाप गरिरहेको बताए । उनले भने युवाहरूलाई लागु औषध बाट बचाउन समेत हामीले बिभिन्नि काम गरेका छौ ।

नारायण नगरपालिका–१ अध्यक्ष तिर्थनाराण श्रेष्ठले शिरस्थान आर्यघाट विगतमा भन्दा राम्रो बनाए पनि फोहोर व्यवस्थापन हुन नसकेको बताए । उनले नारायण नगरपालिकाले नगरपालिका भित्र मृत्यु भएका नागरिकलाई दाहसंस्कार गर्दा लाग्ने दाउरा समेत नगरपालिकाले व्यवस्था गरिदिने गरेको बताए । उनले भने नगरपालिकाले त्यो अभियान संचालन गरेपछि बनजंगलको समेत संरक्षण भएको छ ।

दाउरा किन्दा दुई हजार पाँच सय सम्म पर्छ नगरपालिको त्यो दाउरा बन समिति सँग किनेर निःशुल्क दिने गरेको बताउँदै दाहसंस्कार गरेपछि बचेका दाउरा खोला भरी भएको र त्यसले गर्दा खोला नै फोहोर भएका कारण सरसफाइ गरिएको बताए ।