Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

अभियुक्त शाहविरुद्ध तेस्रो पटक म्याद थप

तनहुँ  :नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ। शाहविरुद्ध शुक्रबार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो।

शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । शाहविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो। नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो। नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ।

सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ। यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको छ।