Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

३९२ जना संक्रमणमुक्त हुँदा ५१ संक्रमित थपिए

काठमाण्डौ  :  पछिल्लो २४ घन्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पाँच हजार नौ सय १४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १२ र एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा तीन सय ९२ जना संक्रमणमुक्त हुँदा मृत्यु हुनेको संख्या शून्य रहेको छ। आज शुक्रबार देशभर २९ हजार तीन सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। अब नेपालमा तीन हजार नौ सय ९६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।