Loading... आजः सोमवार, जेष्ठ ७, २०८१
Trending

अस्पताल लैजाँदा बाटैमा गर्भवतीको मृत्यु

जाजरकोट  : अत्याधिक रक्तश्राव भएपछि एक जना गर्भवतिको मृत्यु भएको छ। सुत्केरी बेथा लागेकी शिवालय गाउँपालिका–४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा बाटोमै रावतको मृत्यु भएको हो।