Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखको अधिकाँस भूभाग भूक्षयको जोखिम

दैलेख  :  बिकास र वातावरण बिच सन्तुलन नुहँदा भूक्षण र बाढि पहिरोको जोखिम बढ्दै गएको बताइएको छ । भू–तथा जलाधार ब्यबस्थापन कार्यालय सुर्खेतको गरेको एक अध्ययनले दैलेखका अधिकाँस भूभाग भूक्षय र बाढी पहिरोको जोखिममा रहेको जनाएको हो ।

जलाधार÷उपजलाधार प्रमाणिकरण एवम ब्यबस्थापन परियोजना सम्बन्धि गरिएको अन्तरक्रियामा मानवीय क्रियाकलापका कारण वातावरणमा पर्ने नकारात्मक असर तथा विकासको प्रतिस्पर्धामा वातावरण माथि परिरहेको दुष्प्रभावप्रतिको बेवास्ताले गर्दा गाउँका अधिकाँस बस्ती भूक्षय र बाढि पहिरोको जोखिममा रहेको जनाइएको छ ।

भु संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेर बहादुर श्रेष्ठले वातावरण र बिकास बिच सन्तुलन कायम राख्न नसक्दा बस्तीनै जोखिममा पर्ने गरेको बताए । उनले स्थानीय सरकारले बिकास निर्माण गर्नु पुर्र्ब वाताबरणीय प्रभाव मुल्याङकनको ख्यान नगरी बिकास निर्माण गर्दा जिल्लाका अधिकाँस भूभाग जोखिममा परेको बताए ।

उनले जलाधार तथा उपजलाधार क्षेत्रका विषयमा तीनवटै तहका सरकारको भूमिका, नीति निर्माण, योजना र कार्यान्वयन गर्ने उद्देश्यले दैलेख जिल्लामा उक्त कार्यक्रम गरिएको जानकारी दिए । उनले भने जलधारका हिसावले लोहोर जलधार क्षेत्रमा पर्ने तल्लोडुगेश्वर र माथिल्लो डुगेश्वर बढि प्रभावित छन ।
भु जलाधार कार्यालयका तर्फबाट कन्स्ल्टेन्ट टिमका निरज तिमिल्सेनाले दैलेख जिल्लामा अवस्थित जलाधार क्षेत्रको स्थिति विश्लेषणका गर्दै पोखरी, ताल, खोला, खोल्सी, बाढी, पहिरोको स्थितिबारे जानकारी दिदै हरेक दृष्टिकोणले अन्य क्षेत्रभन्दा माथिल्लो र तल्लो लोहोरे जलाधार क्षेत्र जोखिममा रहेको जानकारी दिए ।

उनले अन्य जलाधार क्षेत्र पनि विभिन्न किसिमको जोखिममा रहेका छन् । बिशेष गरी माथिल्लो लोहोरे र तल्लो लोहोरे जलाधार क्षेत्रमा बाढि, पहिरो, जनघनत्व, नदी धार परिवर्तन लगायतका विषयले अरुभन्दा बढी जोखिममा देखिन्छ ।

वन तथा भु संरक्षण र पर्यटन, सडक पूर्वाधार र वस्ती विकास, सिचाई जलउपयोग र फोहोर व्यवस्थापन, कृषि तथा पशुपालन सम्बन्धी समुहगत छलफल गरी जिल्लामा विद्यमान अवस्था, समस्या, चुनौती र यसका समाधानका विषयमा समेत छलफल गरिएको थियो ।