Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

स्थगित एमाले दैलेखको अधिवेशन चैत्र पहिलो साता

दैलेख  :  फर्जि मत खसेपछि स्थगित भएको नेकपा (एमाले) दैलेखको अधिवेशन चैत्रमा हुने भएको छ । अधिवेशन चैत्र १ र २ गते मंगलवार र बुधवार हुने भएको हो । निर्वाचनको नयाँ मिति तोक्ने अधिकार पुरानै जिल्ला कमिटीलाई प्रदान गरेसँगै मंगलबार बसेको एमाले जिल्ला कमिटि दैलेखको बैठकले नयाँ मिति तय गरेको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिए ।

निर्वाचनको नयाँ प्रक्रिया थालनी गरेसँगै यसअघि सर्वसम्मत चयन भएका नेताहरूसमेत पुनः निर्वाचनको प्रक्रियाबाट आउनुपर्ने केन्द्रीय निर्वाचन आयोगको निर्णयसँगै सबै पदको उम्मेदवारी मनोनयन र पुनः मतदान प्रक्रिया सुरु गरिने अध्यक्ष शर्माले बताए । ‘अब पुनः पार्टीले पठाएको अन्तर पार्टी निर्देशन (अपानी) अनुसार उम्मेदवारी दर्ता हुन्छ, सबै निर्वाचन प्रक्रियाबाट टुंगोमा पुग्छ,’ अध्यक्ष शर्माले भने । पुरानो सर्वसहमतिमा चयन भएका सम्पुर्ण सदस्य एवं पदाधिकारी सबैले समेत नयाँ प्रक्रियामा भाग लिनु पर्ने अध्यक्ष शर्माले बताए ।

एमाले दैलेखको सातौँ जिल्ला अधिवेशन गत पुस २३ गते उद्घाटन भएको थियो । पुस २४ गते बन्दसत्र सकिएपछि सर्वसम्मतीको प्रयास गरिएको थियो । यद्धपी सर्वसम्मतीको सबै प्रयासहरु असफल भएपछि २५ गतेबाट निर्वाचन पक्रिया थालिएको थियो । निर्वाचन पक्रिया पुस २६ गते मात्रै सकियो ।
पुष २७ गते भएको मतदानसकिएपछि एमालेको नयाँ नेतृत्व चयनका लागि ७ सय १७ मत खसेको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले जानकारी दिएका थिए । मतदान सकिएको झण्डै दुई घण्टापछि सुरु भएको मत गणनामा अध्यक्ष सहित पदाधिकारी चयनका लागि खसेको मत मतपेटिकामा ७ सय ४८ मत भेटिएको थियो । जुन एमाले अधिवेशन प्रतिनीधि ९मतदाता० भन्दा २७ मत बढि थियो भने मतदान सकिएपछि खसेको भनिएको मत भन्दा ३१ मत बढि थियो ।

एमालेको अधिवेशनका लागि जिल्लाभरबाट ७ सय २१ जना प्रतिनीभि चयन भएका थिए । एमाले प्रतिनीधि भन्दा २७ र मतदान सकिए लगत्तै मुचुल्का उठाउँदा भनिएको मत भन्दा ३१ मत मतपेटिकामा भेटिएपछि निर्वाचन प्रक्रिया नै बदर गरिएको थियो ।