Loading... आजः सोमवार, माघ २८, २०८१
Trending

भीर बाट खसेर महिलाको मृत्यु

दैलेख  : भीर बाट खसेर महिलाको मृत्यु भएको छ । जिल्लाको महावु गाउँपालिका –२ बडाखोला एैराडीकी ४२ वर्षिया देवी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्र जीत सुनारले गाउँपालिकामा रहेको एनसिसि बैकमा अपाङ्ग छोरीको खातामा रहेको पैसा झिक्न गएको र फर्कने क्रममा कपुरे लडेको भीर बाट करिब तीन सय मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको जानकारी दिए ।
त्यस्तै जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ तार बजार नजिकै रहेको कर्णाली नदीको किनारमा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले शव फेला परेको महिलाको अहिलेसम्म नाम थर भने खुल्न नसकेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्र जीत सुनारले अन्दाजी ३२ वर्ष उमेर रहेको र कर्णाली नदिमा आफै हेलिएकी हुन् वा हत्या भएको भन्ने बुझ्न प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिए । घटना बारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दुल्लु बाट प्रहरी निरीक्षकको टोली घटना स्थलमा गएको जानकारी दिए ।