Loading... आजः आइतवार, चैत्र ९, २०८१
Trending

प्रजनन स्वास्थ्य तथा छाउँपडि मेला सम्पन्न

दैलेख  :  प्रजनन स्वास्थ्य तथा अधिकार र छाउँपडि प्रथा न्यूनीकरण सम्बन्धी मेला आयोजना गरिएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहारहरू लगायत महिलाहरूको प्रजनन स्वास्थ्य तथा अधिकार र छाउँपडि प्रथा न्यूनीकरण गर्न मेलाको आयोजना गरिएको बताइएको छ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड) को आर्थिक सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालको आयोजना र श्री जीवन ज्योति आधारभूत विद्यालय डुगेश्वर गाउँपालिका–६ को समन्वयमा प्रजनन स्वास्थ्य तथा छाउपडी मेला आयोजना गरिएको महिला सशत्तिकरण मञ्चले जानकारी दिएको छ ।

महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले महिलाको प्रजनन अधिकार र स्वास्थ्य, महिनावारी भएको वेलामा सफा र पोसिलो खाना खाने जस्ता सकारात्मक सन्देश दिन मेलाको आयोजना गरिएको बताइन । उनले अहिले पनि विभिन्न स्थानमा छाउँपडि प्रथा कायमै रहेको अवस्थामा महिनावारीका विषयमा आम सर्बसाधरणलाई बुझाउने र महिलाहरूले महिनावारी भएकै कारण अकालमै ज्यान नगुमाउन भन्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिइन । उनले भन्नि मेलामा प्रजनन स्वास्थ्य अधिकार,छाउँपडि सम्बन्धी सकारात्मक सन्देश दिनका लागि नौ वटा स्टल राखिएको थियो ।

डुगेश्वर गाउँपालिका –६ का वडा अध्यक्ष बम बहादुर बिसीले समाजमा अहिले पनि पुरुषको इच्छा अनुसार बच्चा जन्माउनु पर्ने बाध्यतामा महिलाहरू रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न यस्ता कार्यक्रम प्रत्येक टोल बस्ती सम्म पु¥याउनु पर्ने बताए । उनले गाउँपालिकामा छाउँपडि प्रथा नमाने भए पनि धामीझाक्रीको घरमा गोप्य रूपमा छाउ प्रथा बार्ने गरेको बताए । उनले भने हामीले छाउँपडि प्रथा बार्नु हुँदैन भनेर विभिन्न कार्यक्रम भन्ने गरेको भए पनि समाजमा रहेको धार्मिक अन्धविश्वासका कारण प्रथा कायमै रहेको छ । मेलाको विद्यालयमा अध्ययनरत बालबालिका,अभिभावक, शिक्षक र समुदायका नागरिकले अवलोकन गरेका थिए ।