Loading... आजः सोमवार, जेष्ठ ७, २०८१
Trending

९४ जना सङ्क्रमित थपिए, एकको मृत्यु

काठमाडौं  :  आइतबार छ हजार चार सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणबाट एकको मृत्यु भएको छ । यसैगरी, चार सय १५ जना कोभिड–१९ सङ्क्रमित निको हुनुभएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय १७ जना रहनुभएको मन्त्रालयले जनाएको छ ।