Loading... आजः बुधबार, बैशाख ५, २०८१
Trending

शैक्षिक गुणस्तर सुधार गर्न सम्झौता

दैलेख  :  शैक्षिक गुणस्तर सुधार गर्न दैलेखको दुल्लु नगरपालिका र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन बिच सम्झौता गरिएको छ । शिक्षा क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै आधुनिक र व्यवस्थित शिक्षण सिकाई क्रियाकलापमा जोड दिने उद्देश्यले सम्झौता गरिएको दुल्लु नगरपालिकाले जानकारी दिएको छ ।
दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले नगरभित्रका सबै सामुदायिक विद्यालयमा लागु हुने गरी शिक्षाको गुणस्तर सुधार गर्न देखिएका समस्याको पहिचान गरी आवश्यक सुधारका लागि पहल गर्न सम्झौता गरिएको बताए ।

उनले शिक्षामा देखिएका समस्यालाई समाधान गर्न विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन र विषयगत शिक्षकबिच शैक्षिक गुणस्तर वृद्धिका लागि आ–आफ्नो भूमिकामा स्पष्टता, एकरूपता बनाउनका लागि प्रयास गर्ने बताए । उनले भने शिक्षण सिकाइ क्रियाकलापलाई थप व्यवस्थित र समयानुकूल बनाउँदै लिने र विषयवस्तुप्रतिको सिकाइ र सिकाउने कलामा निपूर्णता ल्याउँदै गुणस्तर कायम गर्ने लक्ष्य लिएका छौ ।

दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले शिक्षाको गुणस्तर सुधार गर्ने विद्यालयको स्पष्ट कार्य योजना सहित विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालालाई शिक्षाको गुणस्तर सुधार गर्न यो सम्झौता महत्त्वपूर्ण भएको बताए । उहाँले दुल्लु नगरपालिकामा माद्यामिक विद्यालय र आधारभूत विद्यालय गरेर १३ वटा विद्यालय, दोर्णाचल क्याप्सन ,प्राकृतिक स्रोत व्यवस्थापन कलेज,पञ्चकोशि बुह प्राविधिक शिक्षालय सञ्चालनमा रहेको बताए । उनले भने दुल्लुमा इन्जिनियरिङ कलेजको लागि आवश्यक जग्गाका लागि निवेदन संकलन गरिएको र त्यसको सम्बन्ध प्राप्तिका लागि पुर्वाञ्चन विश्वविद्यालय विराटनगरमा स्वीकृतका लागि प्रस्ताव पेस गरिएको छ ।