Loading... आजः मङ्लबार, मंसिर १८, २०८१
Trending

संरक्षणको अभावमा भूर्तीका पञ्चदेवल

दैलेख  :  संरक्षणको अभावमा दैलेखको ऐतिहासिक पञ्चदेवल ओझेलमा परेको छ । दैलेखको नारायण नगरपालिका–६ भुर्तीमा अवस्थित पञ्चदेवलको संरक्षण नहुँदा बिश्वसम्पदा सूचिमा सूचीकृत भएको पञ्चदेव ओझेलमा परेका हुन । पञ्चदेवलको संरक्षण गर्नका लागि त्यसको डिपिआर तयार गरिएको भए पनि कुनै पनि निकाय बाट आवश्यक बजेट विनियोजन नहुँदा त्यसको संरक्षण हुने नसकेको नारायण नगरपालिका दैलेखले जानकारी दिएको छ ।
नारायण नगरपालिका –६ का वडा अध्यक्ष प्रकाश न्यौपानेले वडा कार्यालय मार्फत सात लाख रकम विनियोजन गरी २२ रोपनी जग्गा खरिद गरेको र त्यसको डिपिआर समेत तयार गरिएको बताए । उनले डिपिआर तयार भए पनि त्यसका लागि आवश्यक बजेट विनियोजन हुन नसकेको बताए ।

दैलेख सदरमुकामबाट साढे दुई किलोमिटर उत्तर भूर्तिमा रहेको पञ्चदेवल धार्मिक–पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।  ई.स. १३३१ वैशाख (६८३ वर्ष अगाडी) स्थापित पञ्चदेवल पाण्डवहरू वनवासको गुप्त वास रहेको अवस्थामा निर्मित भएको भन्ने भनाई छ । यहाँका देवलहरू अत्यन्तै कलात्मक र आकर्षक देखिन्छन् । देवलको भित्री भागको माथि पट्टी वदमको आकृर्ति कुदिएको छ भने मुलढोकामा कमलको पुलको आकृर्ति कुदिएको । उक्त देवलमा बौद्ध र हिन्दु धर्म सँग सम्बन्धित मूर्ति रहेका छन् । विश्व सम्पदा सूचिमा सूचिकृतका लागि युनेस्कोले सूचीकृत समेत गरेका यी देवलहरू हाल सम्मको अनुपम नमुना मानिएको छ । युनेस्कोको विश्व सम्पदा सूचीका लागि प्रस्तावित यो क्षेत्रको संरक्षण र प्रचार–प्रसारमा भने खासै पहल भएको छैन ।

नारायण नगरपालिका नगर प्रमुख रत्न बहादुर खड्काले दुई वर्ष अघि नगरपालिकाले ४५ लाख कर्णाली प्रदेश सरकारले ७ लाख रुपैयाँ बजेट छुट्यार घेर वार गरेको बताए । उनले भने घेर वार गरेका छौ तर पनि त्यहाँ खुल्ला पशु चौपाया मुलगेटबाट भित्र जाने हुँदा फोहोर हुने गरेको छ । स्थानीय सरकारको प्रयासलाई स्थानीय नागरिकले अपनत्व गरिदिएको खण्डमा ऐतिहासिक सम्पदाको संरक्षण गर्न सकिन्छ ।

नगर प्रमुख खड्काले नारायण नगरपालिका –६ मा रहेको भुर्ती गाउँ ३२ जातजातिको उद्गम स्थल मध्ये भएका भएका कारण यो ऐतिहासिक भएको बताए । उनले भुर्ती बाट गएकाले भुर्तेल लेख्ने गरेको र विभिन्न समयमा आफ्नो जन्मभूमि घुम्न आउने गरेको बताए ।