Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कृषक समुहलाई तरकारीको विउ वितरण

दैलेख  :  गुराँस गाउँपालिकाका तीन सय १० कृषकलाई तरकारीको बिउः बितरण गरिएको छ । गुराँस गाउँपालिका,युएनडिपीको र महिला शसक्तिकरण मञ्च नेपालको साझेदारीमा संचालित कोभिड– १९ रेस्पोन्स एण्ड सोसियो ईकोनोमीक रिकभरी परियोजना २ अन्र्तगत कृषक समुहलाई बिऊ बितरण गरिएको हो ।

महिला शसक्तिकरण मञ्च नेपालका कार्यकारी निर्देशक लक्ष्मी जिसीले गुराँस गाउँपालिका –१,३,६ र ८ वडामा परियोजनाले गठन गरेका १४ वटा कृषि समुहका ३१० जना किसानलाई बर्षे बालीको बिऊ बितरण गरिएको जानकारी दिइन । उनले कृषि समुहलाई सिमि,टमाटर, खुर्सानि,भेडेखुर्सानि काक्रा , र सुक्ष्म खाध्य तत्व बितरण गरीएको बताइन । उनले भन्नि कृषकहरुलाई विउ राख्ने,रोप्ने र बेर्ना सार्ने जस्ता विषयमा परियोजनाले सहजिकरण गरेको थियो ।

महिला शसक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले कोरोना महामारीका कारण रोजगारी गुमाएर घर फर्केका युवा,एकल महिला, घरेलु हिसामा परेका महिला,फरक क्षमता भएका लक्षित वर्गको आय आर्जनमा सहयोग पुग्ने उद्देश्यले बितरण गरिएको बताउनुभयो ।
गुराँस गाउँपालिका–८ का वडा अध्यक्ष पुर्ण बहादुर वलीले आर्थिक रुपमा कमजोर नागरिकले बिऊ पाएको र त्यस बाट लाभ लिन आग्रह गरे । उनले बिऊ मात्र नभएर प्राविधिक समेत ज्ञान सिकाईएका कारण पनि किसानले राम्रो तरकारी उत्पादन गर्ने कुरामा आफु बिश्वस्त भएको बताए ।