सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं : नेकपा एमालेका नेता तथा मुगुबाट निर्वाचित सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
बानियाँविरुद्ध जबरजस्तीकरणी अभियोगमा पक्राउ पूर्जी जारी भएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । उनले भने, ुबानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । थप अनुसन्धान प्रक्रिया अघि बढिरहेको छ । ’जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् ।